Wednesday, 26th August, 2026
वि.स.

नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा पोखरेल

Pokh001-1515310886.jpg

नेपाल राष्ट्रिय शिक्षक संगठन भिमफेदि गाउँपालिकाको प्रथम गाउँ अधिबेशन महेन्द्र माबि भिमफेदिमा सम्पन्न भएको छ । संगठनको जिल्ला सदस्य कृष्ण पाैडेलको अध्यक्षतामा तथा नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय उपाध्यक्ष कमला तुलाधरको प्रमुख आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा संगठन जिल्ला अध्यक्ष श्रीराम दहाल, उपाध्यक्ष लक्ष्मि गजुरेल, सचिब पुरूषाेतम आचार्य, सहकोषाध्यक्ष चन्द्रादेबि लामा, शिक्षक नेताहरू सचिन लामा, श्रीनारायण महतो, लक्ष्मि काफ्ले, जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख भगवती पुडासैनि, भिमफेदि गाउँपालिकाकन अध्यक्ष हिदम लामा, उपप्रमुख पार्वती राना लगायतको उपस्थिति रहेको थियो ।

अधिबेशनले संगठनको भिमफेदि गाउँपालिका समिति समेत गठन गरेको संगठन जिल्ला अध्यक्ष श्रीराम दहालले बताउनु भयो । समितिको अध्यक्षमा कृष्ण पोखरेल, उपाध्यक्ष संजय गप्ता, आश्मा शर्मा,सचिब नानिराम पुडासैनि लगायत सर्बसम्मत चयन हुनु भएको छ ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif