nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

नेपाल गोजु–रियो कराते दो संघ थाहानगरको उद्घाटन

DOJO-1568515395.jpg

नेपाल गोजु–रियो कराते दो संघ शाखा दोजो थाहानगरको एक समारोहबबीच उद्घाटन गरिएको छ । पालुङ जेसीजको सभाहलमा २८ भाद्रमा उद्घाटन का साथै ग्रेडिङ समेत गरिएको छ । थाहा नगरपालिकाका नगर प्रमुख लवशेर विष्टको प्रमुख आतिथ्यमा दोजोको उद्घाटन गरिएको हो । 

दोजो थाहा नगरको प्रशिक्षक मानसिंङ दोङको सभाध्यक्षता भएको कार्यक्रममा एकसय बीस जना प्रशिक्षार्थीहरुमध्ये ७५ जनाको ग्रेडिङ गरिएको प्रशिक्षक मानसिंङ दोङले जानकारी दिए । कार्यक्रमको विशेष अतिथि समेत रहेका नेपाल गोजु–रियो कराते दो संघका केन्द्रीय सचिव सानोबाबु गिरी र सदस्य विजय अधिकारीले २५ जना महिला र ५० जना पुरुष  प्रशिक्षार्थीहरुलाई ग्रेडिङ परीक्षा मार्पmत दोस्रो तहमा सिफारिस गरेका  थिए ।

गोजु–रियो करँतेको थाहा नगरपालिका वडा नम्बर ३ घट्टेचौरमा विगत ३  महिना अघिदेखि प्रशिक्षण शुरु भएको थियोे । प्रशिक्षणमा ४० महिलासहित ८०  जना प्रशिक्षार्थीहरु रहेकाछन् । प्रशिक्षार्थीहरुलाई प्रशिक्षक मानसिंह दोङले प्रशिक्षण दिइरहेका छन् ।  दोङ नेपाल गोजु–रियो कराँतेका राष्ट्रिय रेफ्री हुन् भने मकवानपुरका प्रमुख प्रशिक्षक हुन् । प्रशिक्षणमा थाहा नगरसहित कैलाश गाउँपालिकाको दुम्सीखर्क, डाँडाखर्क,े नामटार तथा धादिङ क्षेत्रका प्रशिक्षार्थीहरु रहेका छन् ।

कार्यक्रममा प्रदेश नं ३ को कराते स्वमसेवक  राजिवकुमार स्याङतान, नेकपा प्रदेश–३ सदस्य विष्णु विष्ट (आदर्श), नेकपा    थाहागरका अध्यक्ष अरुण रायमाझी, वडा नं ५ का वडा अध्यक्ष विष्णु गुरुङ, वडा नं ७ का सदस्य दिपेन्द्र कुमार थिङ, थाहानगर उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान प्रधान, सुन्दरी देवी माध्यमिक विद्यालयको व्यावस्थापन समितिको अध्यक्ष विनायक गोले लगाएतको आतिथ्यता रहेको थियो । कार्यक्रम थाहा कलाकेन्द्रका अध्यक्ष सानोबाबु मोक्तानले संचालन गरेका थिए । 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)