.-1624118193.jpg
Sunday, 20th June, 2021
वि.स.
33-1624076000.jpg

निषेधाज्ञा उल्लंघन गर्ने १३२ जना प्रहरी नियन्त्रणमा

holl-1620208252.jpg

 पोखरामा प्रहरीले निषेधाज्ञा उल्लंघन गरेको आरोपमा १३२ जनालाई नियन्त्रणमा लिएर कारवाही गरेको छ । स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा उल्लंघन गरेको आरोपमा उनीहरुलाई पोखराका मुख्य–मुख्य चोकबाट नियन्त्रणमा लिइएको हो । 

गण्डकी प्रदेशको राजधानी समेत रहेको पोखरामा दिनप्रतिदिन कोरोनाका संक्रमित बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा उल्लंघन गर्नेहरुलाई सुरुको दिनमा सम्झाएर पठाउने गरिएको थियो । बुधबारदेखि भने मास्क नलगाउने, अत्यावश्यक कामबाहेक बाहिर निस्कनेलाई प्रहरीले जहाँको त्यहीँ रोकेर राख्ने गरेको छ ।

अनावश्यक रूपमा हिँड्डुल गर्नेलाई जिल्ला प्रहरी कार्यलय कास्कीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएर कारबाही पछि छाडेको हो । पोखरामा बुधबार बिना काम सडकमा हिँडडुल गर्ने १३२ जनालाई नियन्त्रणमा लिएर कारबाही गरिएको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रवक्ता एवम् डिएसपी सुवास हमालले जानकारी दिए । नियन्त्रणमा दिइएका मध्ये १८ जना महिला र ११४ जना पुरुष रहेको उनले बताए ।

‘अत्यावश्यकीय कामबाहेक घुमघामका लागि सडकमा लखरलखर हिँड्ने १३२ जनालाई नियन्त्रणमा लिएर कारवाही गरेका छौं’ उनले भने । ‘उनीहरूलाई कारबाही स्वरूप खुला ठाउँमा १ घण्टा राखेर अब, विना काम बाहिर ननिस्कने शर्तमा छाडेका छौं ।’

निषेधाज्ञाको उल्लङ्घन गरी हिँड्डुल गर्नेलाई पहिलो चरणमा एकघण्टा होल्ड गरेर सम्झाई बुझाइ गरेर छाडिएको प्रवक्ता डिएसपी हमालले बताए । अर्को दिनपनि अटेर गरी विना काम हिँडडुल गरेको भेटिएमा कडा कारबाही गर्ने उनले बताए ।

बिरामी भएर निस्किएका, औषधि खरिद तथा अन्य अत्यावश्यक काम विशेषले हिँडेकालाई भने प्रहरीले रोक नलगाएको उनले बताए । बुधबार ६८ वटा चारपाङ्ग्रे र १०० वटा दुई पाङग्रेसहित १६८ वटा सवारीका साधनलाई समेत नियन्त्रणमा लिएको डिएसपी हमालले बताए । 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)