nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

नागढुंगाबाट साढे चार करोड रुपैयाँ सहित पक्राउ

प्रहरीले काठमाडौंबाट नागढुंगा हुँदै रसुवा नाकातिर गइरहेको बा१य १२३२ नम्बरको स्कार्पियो गाडीबाट ४ करोड ४० लाख रुपैयाँबराबरको विदेशी मुद्रा बरामद गरेको छ । प्रहरीले मुद्रासहित तीनजना चिनियाँ नागरिकलाई समेत पक्राउ गरेको छ ।

ठमेलको गजुर होटलबाट रसुवातर्फ लाग्ने क्रममा राति सवा २ बजे प्रहरीले विदेशी मुद्रासहित चिनिया नागरिकलाई पक्राउ गरेको हो ।

पक्राउ परेका चिनियाँ नागरिकका साथबाट २ लाख ६० हजार अमेरिकी डलर, १८ हजार युरो र केही अष्ट्रेलियन डलर बरामद भएको प्रहरीले जनाएको छ ।

महानगरीय अपराध अनुसन्धान महाशाखाका एसएसपी सर्वेन्द्र खनालले पक्राउ पर्नेमा दुई महिला र एक पुरुष रहेको बताए । शुक्रबार राति नै प्रहरीले रसुवाबाट टाटासुमोका हालेर ल्याइएको १५ किलो सुन नयाँ बसपार्कबाट बरामद गरेको थियो ।     राजधानीबाट



The-US-Dollar-Exchange-Ra-1484382802.jpg