nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

नतीजा नबिग्रियोस् : मेयर लवशेर विष्ट

mnmv-1506111720.jpg

थाहा नगरपालिकाका मेयर लवशेर विष्टले अन्य कुरा जे भएपनि नतीजा विग्रन नदिन सबैको चासो हुनुपर्ने बताएका छन् । थाहा–२ सोल्टुमा रहेको  मत्स्यनारायण माविको ५५ आंै वार्षिक उत्सव कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै विष्टले यस्तो आग्रह गरेका हुन् ।         

मेयर विष्टले अघिल्ला कार्यक्रमहरुको भन्दा औसत बढी समय लिएर शिक्षा सुधारका बारेमा बोलेका थिए। भौतिक कुराहरुमा भन्दा शिक्षाको
गुणस्तरीयतामा जोड दिन उनले विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र शिक्षकहरुलाई आग्रह समेत गरे ।            

‘शिक्षकले चाहे सक्छन्’ भन्ने अभिव्यक्ति दिँदै मेयर विष्टल शिक्षकहरुलाई हरतरहले आफ्ने ड्युटी पूरा गर्नसमेत सुझाए ।  कार्यक्रमका विशिष्ट अतिथि उपमेयर खड्ग गोपालीले निजी बोर्डिङहरु सरह नतीजा आउनेगरी पढाउने हो भने विद्यालयमा विद्यार्थीको अभाव नहुने धारणा राखे ।     

वार्षिक उत्सवको अवसरमा पालुङका शिक्षाविद् बालमुकुन्द ढकालले स्थापना गरेको बालमुकुन्द छात्रवृत्ति कोषबाट  विद्यालयका ९ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको थियो । विद्यालय व्यवस्थान समितिका अध्यक्ष नवराज विष्टको सभाध्यक्षतामा भएको कार्यक्रममा  विद्यालयको गतिविधि तथा कार्यक्रमको बारेमा विद्यालयका प्रधानाध्यापक विष्णुहरि ढकालले प्रष्ट पारेका थिए भने अध्यक्ष नवराज विष्टले विद्यालयको चुनौति र सम्भावनाको बारेमा विवरण प्रस्तुत गरेका थिए ।

सो अवसरमा वडा नं. २ का अध्यक्ष गुप्त बहादुर कार्कीले कक्षा १ देखि ९ सम्मका प्रथम हुने विद्यार्थीलाई जनही छात्रवृत्तिस्वरुप विद्यालय पोषाक प्रदान गर्ने घोषण गरेका छन् । सोही अवसरमा भूतपूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुर्य बहादुर थापा र विद्यालयका पूर्व विद्यार्थी एवम् वडासदस्य बमबहादुर सिन्तानलाई सम्मान गरिएको थियो ।

विद्यालयका शिक्ष्ािका अम्बिका लामिछानेले स्वागत गरेको कार्यक्रममा विद्यार्थी सहारा बस्नेत, वडा सदस्यहरु विष्णुबहादुर थापा र जानुका ढकाल, वडा अध्यक्ष गप्त बहादुर कार्की, बालमुकुन्द छात्रवृत्ति कोषका संस्थापक बालमुकुन्द ढकाल,  पूर्व  विव्यस अध्यक्ष सूर्यबहादुर थापा लगायतले बोलेका थिए ।