nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

द फेमसको ट्रेलर सार्वजनिक, साथमा एनिमेशन गीत

14495308_1157062511018482-1477308743.jpg

काठमाडौं । यहि कात्तिक १९ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको नेपाली कथानच चलचित्र 'द फेमस'को ट्रेलर सोमबार सामाजिक सञ्जालबाट सार्वजनिक भएको छ । बलामी फिल्म ईन्टरटेन्मेन्टको व्यानरमा निर्माण भएके चलचित्र 'द फेमस'को २ मिनेट २२ सेकेण्ड लामो ट्रेलर हाईलाईट् नेपालबाट सार्वजनिक भएको हो । सबै गीत एनिमेशन गरिएको नेपालको पहिलो चलचित्र भनिएको द फेमसलाई संञ्चारकर्मी समीर बलामीले निर्देशन गरेका हुन् ।
सार्वजनिक ट्रेलरमा गीतलाई प्रथामिकता दिईएको छ । एक एनिमेशन गीत र एक सेन्टिमेन्टल गीतलाई प्रस्तुत गरिएको छ । यसको साथै ट्रेलरमा माया, प्रेम, वियोग, फेमीली ड्रामा समेटिईएको छ । ट्रेलरमा प्रमोद खड्का, सविना कार्की, सुरबी जैन विष्ट, सोनीया जिआर, सुमन थापा, सुरेश चौधरी, रश्मी भट्ट, प्रभात बलामीलाई देखाईएको छ । चलचित्रमा सबै गीत एनिमेशन गरिएको निर्माण पक्षले बताईएको छ ।
डबल लभ स्टोरी र फेमली ड्रामा भनिएको फिल्मलाई अशोक कार्कीले खिचेका हुन् । टंक बुढाथोकी र सन्तोष प्रगादको संगीत चलचित्रमा रहेको छ । बाबु बलामीको द्धुन्द, सुधिर श्रेष्ठ र सुरेश चौधरीको नृत्य रहेको फिल्मका अर्का निर्माता अनिल महर्जन हुन् । फिल्मको कथा र निर्माण पनि निर्देशक बलामीकै रहेको छ । चलचित्रलाई काठमाडौंमा सुनिल मानन्धर र काठमाडौं बाहिर केदार पराजुलीले वितरण गर्ने भएका छन् । हाल चलचित्रको निर्माण पक्ष तिब्र प्रचार प्रसारमा व्यस्त भएका छन् ।