nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

दोस्रो थाहा महोत्सव 
पशुपति शर्माको "त्यै भएर आइ लभ यु भन्न जानिन"

मुलुकको जल्दोबल्दो सवाललाई गित मार्फत बजारमा ल्याइ हाल्ने जोसिला गायक पशुपति शर्माको गितले दोस्रो थाहा महोत्सवलाई दमदार बनायो । गायको शर्माको उपस्थितीले महोत्सव शुरु भएको चौथो दिन २ असोजको कार्यक्रमको उत्साह अरु दिनको भन्दा निकै फरक बनाइदियो । साँङगितीक कार्यक्रममा शर्मालाई पछ्याउनेहरुको ताती नै थियो । 


नेपालमा भएको अघोषित नाकाबन्दीको सवाल होस् वा स्वदेशमै आत्म निर्भर बन्न चटपटे र पानी पुरी बेच्ने विषय नै किन नहोस् पशुपति शर्माले गित बनाइसको छन् । जीवन बोल्ने, जीविकासंग गित संगितलाई जोड्ने गायक शर्मा मकवानपुरको थाहानगर भित्रने वित्तिकै उनका समर्थकहरु विहानै महोत्सव स्थल इन्द्रायणी चौर पुगेका थिए । 


गायक शर्माले मञ्चमा पहिलो गित नै –‘मलाई अमेरिका यहि, मलै जापन पनि यहि.... भाकाको गित गाउने वित्तिकै दर्शहरु ताली ठोकेर नाचे । गायक शर्माको हँसिलो चेहरा र टपक्क टिपेको जस्ता गितका भाकाले धेरैको जीवनमा मेल खान्थ्यो ।

... क्याम्पस पढ्न आउनी सरले उता पढाउनी हाम्ले आँखा जुधाउनी चित्त बुझाउनी.... त्यही भएर आइ लभ यु भन्न जानिन .... जस्ता गितहरु गाएर गायक पशुपति शर्माले दर्शहरुलाई उफार्नसम्म उफारे । लोग गायनमा चर्चित भाकाका सहित जम्न सफल भएका पशुपति शर्मालाई आफ्नै ठाउँमा भएको महोत्सवमा देख्न र सुन्न पाउँदा धेरैले गर्व महशुस गरे । शर्माको गायन, शब्द चयनको प्रशंसा गर्दै उनको प्रस्तुती कम भएको बताउँदै अझ अरु कार्यक्रममा उनलाई छुटाउनै नहुने दर्शकहरुले प्रतिक्रिया दिएकाछन् । 


फोटोहरु: अच्युत विडारी/थाहानगर



default.png

शुभराज गोले

shubharaj.tamang@gmail.com