nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

दोस्रो थाहानगर वडास्तरिय भलिबल प्रतियोगितामा ८ टिम क्वाटर फाइनलमा

मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन भैरहेको “दोस्रो थाहानगर वडा स्तरिय भलिबल प्रतियोगिता २०७६” मा ८ वटा टिम क्वाटर फाइनलमा पुगेको छ ।  ७ फागुनमा भएको खेलबाट हिमाली डाँफे युवा क्लब, स्वच्छन्द भैरव, कोट डाँडा, पुपुमेन्दो, आग्रा स्पोर्ट, विनयबाबु, थाहा २ र थाहा ३ युवा क्लबको टिम क्वाटरफाइनलमा गएको आयोजक समितिका सचिव जितेन्द्र मगरले जानकारी दिए ।

हिमाली डाँफे युवा क्लबको आयोजनामा यहि मिति २०७६ फागुन ५ गतेदेखि सञ्चालन भैरहेको प्रतियोगिता ९ गते सम्म सञ्चालन हुने आयोजक टिमका सचिब जितेन्द्र मगरले जानकारी दिए । प्रतियोगिता थाहा नगरपालिका वडा नं १० स्थित क्लबको खेल मैदानमा सञ्चालन भैरहेको छ । वि.सं. २०५६ सालमा स्थापना भएको हिमाली डाँफे युवा क्लबले गतवर्ष देखि खेलकुद तथा सामाजिक विकासमा उत्कृष्ट कार्य गर्ने योजना सहित अघि बढिरहेको छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)