nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

दुर्घटनामा मकवानपुरका एकसहित तीन जनाको मृत्यु

accident-1618723434.jpg

पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको नवलपुर दाउन्नेमा भएको बस दुर्घटनामा तीन जनाको ज्यान गएको छ ।

दुर्घटनामा घाइते भएका ईलाम बस्ने २५ वर्षीय धनु दर्लामी, मकवानपुर बकैया गाउँपालिका–५, घर भएर विनयी त्रिवेणी गाउँपालिका–२, गुम्बामा बस्ने ५७ वर्षीय ज्यामो हिसे छमो ग्याल्मो र चितवन भरतपुर महानगरपालिका–२५, बस्ने ७२ वर्षीय हिमलाल न्यौपानेको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका २८ जनाको भरतपुर र नवलपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक दिलिपकुमार गिरीले जानकारी दिए । ना ५ ख ७००० नम्बरको बस शनिबार बेलुका नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२, दाउन्नेमा दुर्घटना भएको थियो ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)