nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

दामनमा वृहत्त साँस्कृतिक कार्यक्रम र चिठ्ठा प्रतियोगिता, कस्लाई पर्यो स्कूटी उपहार ?

उत्तरी मकवानपुरको दामनमा बृहत साँस्कृतिक कार्यक्रम भएको छ । उत्तरी क्षेत्रमा कला कलालाई उजागर गर्दै आएको थाहा कला केन्द्रको आयोजनामा बृहत साँस्कृतिक तथा चिट्ठा कार्यक्रम भएको हो । थाहा नगरपालिकाका उप प्रमुख खड्ग गोपालीको प्रमुख आतिथ्यता तथा थाहा कला केन्द्रका अध्यक्ष सानोबाबु मुक्तानको सभाध्यक्षमा कार्यक्रम भएको हो । समाज रुपान्तरणको लागि चलचित्र निर्माणको अभियानमा कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा विशेष आकर्षकको रुपमा भिमफेदी गाईज, रक गायिका सरस्वती लामा, राष्ट्रिय लोक गायक मुक्तिनाथ उप्रेती रहनु भएको थियो । साथै विभिन्न क्लव तथा स्थानिय कलाकारहरुले मनोरञ्जन प्रदान गरेको थियो । मकवानपुरको पर्यटकीय क्षेत्रलाई कलाको माध्यामबाट चिनाउने र समाज रुपान्तरको लागि चलचित्र निर्माण गर्ने भन्ने उद्देश्यका साथ कला केन्द्र अगाडि बढिरहेको छ ।

आफुले आटेको काम सफल भयो, यसमा म ज्यादै खुशी छु र साथ, सहयोग गर्नुहुने सम्पूर्णमा विशेष आभार प्रकट गर्न चहान्छु कला केन्द्रका अध्यक्ष सानोबाबु मुक्तानले भने ।

हरिवोधिनी एकादशीको दिन थाहा नगरपालिकाको पर्यटकीय क्षेत्र दामन भ्यु टावर अगाडिको सडक विभागको चौर कार्यक्रम गरिएको हो ।  कार्यक्रमका प्रमुख अतिथि तथा उप प्रमुख गोपालीले आफूले सदैव साथ र सहयोग गर्ने बताए ।

कार्यक्रममा वडा नं. ११ का वडा अध्यक्ष किरण मान बल, गौरी शंकर होटलका प्रोपाईटर शिव कुमार खत्री, पालुङ बहुमुखी क्याम्पसका शिक्षक दिपक विष्ट, थाहा नगर उद्योग वाणिज्य संघका महा सचिव सुरेन्द्रमान प्रधान, कला प्रेमी लगायतको आतिथ्यता रहेको थियो ।  
 
कला केन्द्रको स्कुटर संगितालाई

थाहा कला केन्द्रको बृहत सांस्कृतिक कार्यक्रममा विशेष आर्कषणको रुपमा रहेको चिट्ठा उपहार मंगलबार नै खोलिएको छ । प्रथम पुरस्कार थाहा नगरपालिका ४ का संगिता बरुवालले पाउनु भएको छ ।

त्यसैगरि त्यसैगरि दृतिय पुरस्कार थाहा ५ का सुनिस लामा र तृतिय पुरस्कार थाहा नगरपालिका २ का नविना विष्टलाई परेको छ । बरुवाल प्रथम पुरस्कार स्वरुप स्कुटर पाउनु भएको छ । भने दृतिय र तृतिय ले क्रमश ३२ ईन्चको एल ई डी र स्यामसुङ मोबाइल फोन पाएका छन् ।

एक कार्यक्रमको विच उनीहरुलाई पुरस्कार वितरण गरिएको हो । सान्त्वन्न उपहार साधारण मोवाइल अन्य ५ जनालाई परेको छ ।

-जनक तामाङ/थाहानगर



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)