Friday, 30th October, 2026
वि.स.
pustakalay-1792211853.jpg

थाहा १० मा नगरस्तरीय भलिबल शुरु, दुई समूहले खाता खोले

मकवानपुर थाहा नगरपालिकाको वडा नम्बर १० विसिङ्खेलमा थाहा नगरस्तरीय अन्तर वडा भलिबल प्रतियोगिता शुरु भएको छ । 

फागुन २० सम्म संचालन हुने प्रतियोगिता अन्तर्गत पहिलो दिन १७ फागुनमा दुई खेल सम्पन्न भएकाछन् । प्रतियोगिताको पहिलो खेल आयोजक हिमाली डाँफे युवा क्लब चित्लाङ र नारायणी युवा क्लब बज्रवाराहीबीच भएको खेलमा नारायणीले जित हासिल गरेको छ । त्यस्तै आग्रा र थाहा–१ बीच भएको अर्को खेलमा आग्राको समूहले जित हासिल गरेको छ । 

१३ वटा समूह प्रतियोतिाका लागि प्रतिस्पर्धामा रहेका छन् । खेलको प्रथम पुरस्कार नगत ५० हजार नगद सहित शिल्ड मेडल तथा प्रमाणपत्र, द्वितीय पुरस्कार नगद २५ हजार सहित शिल्ड मेडल तथा प्रमाणपत्र, तृतीय पुरस्कार नगद १० हजार सहित शिल्ड मेडल तथा प्रमाणपत्र रहेको छ । यसैबीच प्रतियोगिता संचालन हुनुपर्व थाहा १० का वडा अध्यक्ष हिराबहादुर गमालले एक समारोहकाबीच उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा १० नम्बर वडा सदस्य रामकृष्ण गमाल, दिपक गोपालीलगायत स्थानीय संघ संस्थाका पदाअधिकारीहरुको आतिथ्यता रहेको थियो । 
 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

Rabindra-1792211870.jpg
Rajan-Dhakal-1792211893.jpg
Rupesh-Kumar-1792211916.jpg