nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 5th May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहा र रत्ननगर नगरपालिका बिचमा अन्तरक्रिया

1472-1527394173.png

मकवानपुरको थाहा नगरपालिकामा थाहा र रत्ननगर नगरपालिकाको बिचमा अन्तरक्रिया कार्यक्रम भएको छ । थाहा नगरपालिका र रत्ननगरले गरेको कार्य प्रगती समिक्षा र मुद्दा मामिलाको मेलमिलापका बिषयमा छलफल तथा अन्तरक्रिया भएको हो । रत्ननगर नगरपालिकाको मेयर नारण बल र उपमेयर बिमला दुवाडीको नेतृत्वको टोलीले थाहामा भएको मेलमिलापको गतिविधिको बारेमा जानकारी लिँदै दुई नगरपालिका बिचमा भएको मुद्दाहरु सम्बन्धि न्यायीक सम्पादनको अवस्था, न्याय सम्पादनमा भएको समस्या, न्याय सम्पादन ब्यवस्था, नगर कार्यसमितिमा रहेको न्यायिक समितिको संरचना, क्रियाकलाप लगायतको बिषयमा अन्तरक्रिया गरेको थियो । थाहा नगरपालिकामा आएको मुद्दा र छिनोफानोको बिषयमा जानकारी गराउँदै थाहा नगरपालिकाका  प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले थाहा नगरले ईजलास सञ्चालन गरेको छलफलमा बताए ।

 

मेलमिलापको गतिविधिको बारेमा जानकारीको लागि रत्न नगर नगरपालिकाका मेयर, उपमेयर, १६ वटै वडाका वडाध्यक्षहरु, सामुदायिक मेलमिलाप केन्द्रका प्रमुख तथा सदस्यहरु लगायत गरी ५१ जनाको समुह थाहा नगरपालिकामा आएका थिए ।

 



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।