thahatimes-ad-thekka-1731652826.jpg
Wednesday, 22nd January, 2025
वि.स.

थाहा र कैलाशमा प्रहरीद्वारा गाँजा खेती फडानी

gaaja-1735619884.jpg

मकवानपुरको थाहा नगरपालिका र कैलाश गाउँपालिकाका विभिन्न स्थानमा लगाइएको लागूऔषध गाँजा खेती फडानी गरी नष्ट गरिएको छ । प्रहरीले गाँजा खेती नष्ट गर्ने अभियानअन्तर्गत दुई पालिकाको विभिन्न स्थानमा लगाइएको गाँजा खेती आइतबार फडानी गरी नष्ट गरेको मकवानपुरका प्रहरी निरीक्षक ठाकुर प्रसाद सापकोटाले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी निरीक्षक सबिन बाबु अर्यालको कमाण्डमा ११ जना र सशस्त्र प्रहरी बल नेपाल नं.१४ गण हेड क्वाटर मकवानपुरबाट २५ जना गरी जम्मा ३६ जनाको संयुक्त रुपमा खाटिएको  टोलीले गाँजा खेती फडानी गरी नष्ट गरिएको मकवानपुरका प्रहरी निरीक्षक सापकोटाले बताए ।

प्रहरी निरीक्षक सापकोटाका अनुसार, थाहा नगरपालिका वडा नम्वर ७ को चिसापानी, चल्तीदोभान, गैरीगाउँ, डाँडाबास र थाहा नगरपालिका वडा नम्वर ८ को भोर्ले, मोरिया, खानीगाँउ, ऐसेलुखर्क, दामगडेडाँडालगायतको स्थानमा गरी अन्दाजी १० कठ्ठा जमिनमा लगाएको गाँजा खेती फडानी गरिएको हो ।

यसैगरी, कैलाश गाउँपालिका–९ गैरीखेत, टिमुरेमा अन्दाजी १ बिघा १० कठ्ठा र कैलाश गाउँपालिका–१०, भालदमार, सालनी र बेतेघारीमा अन्दाजी १ बिघा १० कठ्ठामा लगाइएको गाँजा फडानी गरेको प्रहरी निरीक्षक सापकोटाले बताए ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०