nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 24th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहा महोत्सवमा झनझन तात्दै साँङ्गितक माहोल
असोज ९ गते निःशुल्क प्रवेश

मकवानपुर थाहा नगरपालिकाको इन्द्रायणी चौरमा संचालन भइरहेको दोस्रो थाहा महोत्सवको अन्तिम दोस्रो दिनको साँङ्गितक तथा व्यापारीक माहोल अरु दिनको भन्दा बढेको छ । महोत्सव सकिनै लाग्दा सहभागिता झन्झन बढ्दै गएको हो । महोत्सवको एघारौं दिन पनि स्थानीय तथा राष्ट्रिय कलाकारहरुले उत्तीकै माहोल तताएका थिए । 
महोत्सवमा ८ असोजमा चर्तित हाँस्यकलाकार शिवहरी पौडेल (मुखाँ हान्दिउँ जस्तो), किरण केसी (राता मकै), चर्चित लोक गायिका चन्दा अर्याल, गायक दिनेश थापा, र थाहा आइडलको ग्रान्ड फिनालिका प्रतिस्पर्धीहरुको साँङ्गितक माहोल रहेको थियो । कार्यक्रमको अवसरमा हाँस्य कलाकार पौडेल र केसीले नाटकीय चेतनामुलक प्रहशनले सबैलाई हाँसाएको थियो । राजनीतिक दलका प्रमुखहरुको सोच परिवर्तन हुन नसकेकोले देशको अवस्था नाजुक बनेको सन्देश नाटकबाट दियएको थियो । 
कार्यक्रममा गायक जीवन परियार, दिनेश थापा र गायिका चन्दा अर्यालको दोहोरी कार्यक्रमले पनि मनोरञ्जन दिएको थियो । सिमसिम पानी परेपनि दर्शकहरुले हाँस्य कलाकार र दोहोरी लोक गायक गायिकाको प्रस्तुतिले मनोरञ्जन प्रदान गरेको थियो । 

थाहा महोत्सवमा प्रवेश निःशुल्क

थाहा महोत्सवको अन्तिम दिन ९ असोजमा सर्वसाधारणलाई प्रवेश निःशुल्क गरिने आयोजक थाहानगर उद्योग वाणिज्य संघले जनाएको छ । 
इन्द्रायणी चौरमा २८ भदौबाट शुरु भएको महोत्सव ९ असोजमा समापन हुँदैछ । थाहा महोत्सव अवधिमा दिनदिनै विशेष राष्ट्रिय कलाकारहरुको साथमा संचालन भएको थियो भने महोत्सवमा विभिन्न स्टलहरु मार्फत अवलोकनकर्ताहरुले सामाग्रीहरु खरिद पनि गरेका थिए ।