Sunday, 11th April, 2021
वि.स.

थाहा महोत्सवमा आज चर्चित गायिका कोमल ओली आउने
थाहा आइडलका टप टेन को प्रस्तुति

Komal-ol234-1474353060.jpg

थाहा महोत्सवमा आज ४ असोजमा चर्चित गायिका कोमल वलीको साँङ्गितीक प्रस्तुती रहने भएको छ । गायिका वलीले २०७१ सालमा भएको पलिो थाहा महोत्सवमा पनि युवा, ज्येष्ठ नागरिक सबैलाई उत्तिकै तताएकी थिइन् । 
आज कोमलवली आउने भएपछि उनका समर्थकहरु थाहा महोत्सव स्थल इन्द्रायणीचौर भित्रनेको संख्या बढ्दै छ । गायिका वलीको पोइला जान, पाम.... मलमल किरी जुनकिरी...लगायत थुप्रै चर्चित गितहरु रहेकाछन् । 
गायिका वली रेडियो नेपालकी समाचार वाचिका समेत हुन् ।
यसैबीच थाहा आइडलका लागि नृत्य र गायन तर्फका दश÷दश उत्कृष्टहरुको पनि आजै प्रस्तुति रहने आइडलका गायनतर्फका संयोजक सानोबाबु मोक्तानले जानकारी दिए ।