nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहा महोत्सवमा आज चर्चित गायक पशुपति शर्मा आउने

Pashupati-Bro-1474184319.jpg

मकवानपुर थाहानगरमा संचालित दोस्रो थाहा महोत्सवमा २ असोजको विशेष साँस्कृतिक कार्यक्रममा चर्चित लोक गायक पशुपति शर्मा आउने भएकाछन् । विभिन्न सन्देश मुलक तथा मनोरञ्जनात्मक गित गाउन सिपालु गायक शर्मा आउने भएपछि उनका समर्थकहरु महोत्सव स्थल इन्द्रायणी चौर पुगेका छन् ।

गायक शर्माको मलाई अमेरिका यहि, नक्कलीले खायो मेरो देशलगायत दर्जनौ गितहरु चर्चामा छन् । यस अघि गायक गायिकाहरु राधिका हमाल, ज्योति मगर, बद्री पंगेनी, टंक बुढाथोकी, जीवन परियारहरुले विभिन्न प्रस्तुति दिइ सकेकाछन् भने थाहा आइडलको दिनदिनै प्रूतुति रहने गरेको छ । त्यस्तै हाँस्यव्यङ्ग्य कलाकार जोगिन्दर, मूलाको साग लगायतले पनि प्रस्तुति दिएका छन् । थाहानगर उद्योग वाणिज्य संघको मुख्य आयोजनामा भइरहेको थाहा महोत्सव ८ असोजसम्म संचालन हुनेछ ।



Pashupati-Bro-1474184413.jpg