nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहा महोत्सवः उड्कलमै कुटेको चिउरामा आकर्षण

मकवानपुरको थाहानगरमा भएको ‘थाहा महोत्सव’ को मुख्य आकर्षण महिलाले उड्कलमा चिउरा कुटेको दृश्य बन्यो ।  थाहा नगरपालिकास्थित कुन्छाल गाउँका गोपाली महिलाले लोपोन्मुख अवस्थामा पुगिसकेको उड्कलमा चिउरा कुट्ने परम्परालाई महोत्सवमा प्रदर्शन गरेका हुन् ।
अहिलेको युवा पुस्ताले उडलमा चिउरा कुट्ने परम्परागत विधि देखेका थिएनन् । देखेका पुराना पुस्ताले बिर्सिएका थिए । अहिले मिलमा कुटेको चिउरा खाइन्छ । उड्कलमा चिउरा कुट्ने परम्परा लोप हुँदै गएको छ । चिउरा कुट्न आवश्यक जनशक्ति, काठको उड्कल र लुसी पनि पाइँदैन । गाउँमा उडल र लुसी बनाउने जनशक्ति छैन । भदौ २९ गतेदेखि ९ असोजसम्म इन्द्रायणी माईको चौरमा आयोजना गरिएको महोत्सवमा एउटा स्टलका रूपमा उड्कलमा चिउरा कुटेर बिक्री गरिएको छ । उडलमा कुटेको चिउरा बिक्री गर्न भ्याइनभ्याइ भयो । 
एक घान चिउरा भुटन र कुट्नका लागि कम्तीमा २५ मिनेट लाग्छ । उड्कलमा कुटेको चिउराको मूल्य प्रतिकेजी ३ सय रुपैयाँ तोकिएको छ । स्थानीय ताइचिन धानको चिउरा कुटिएको तुलुमाया गोापालीले बताइन् । चिउरा कुट्न ८ महिला खटिएका थिए । उसिनेको धान हाँडीमा भुटन २ र पालैपालो चिउरा कुट्न ६ महिला खटिएका थिए ।  दशैको मुखमा भएको महोत्सव र स्थानीय चिउरा महोत्सवमै किन्न पाएपछि नयाँ पुस्ताले यसपालीको दशैमा उड्कलमा कुटेको चिउरा खाने भन्दै किनेका थिए । नयाँपुस्ता चिउरा किन्न मात्र हैन कुटेको हेर्नेको पनि उत्तिकै भिड लागेको थियो ।