nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहा फिल्म फेस्टिवलमा थाहाको पर्यटकीय वृत्तचित्र प्रदर्शनी हुने

ff-1695105866.jpg

आगामी ९ मंसिरदेखि १५ मंसिरसम्म आयोजना हुने थाहा फिल्म फेस्टिवलमा थाहाका पर्यटकीय सम्भावनालाई उजागर गर्ने वृत्तचित्र प्रदर्शन गरिने भएको छ । वागमती प्रदेशको संस्कृृति, पर्यटन तथा सहकारी मन्त्रालय र थाहा नगरपालिकाको आर्थिक सहयोगमा हुन लागेको फेस्टिवलमा प्रदर्शनी गर्न आयोजक थाहा कला केन्द्रले वृत्तचित्रको तयारी थालेको छ । 

फिल्म फेस्टिवलमा नेपाली कथानक चलचित्र, लघु चलचित्र र वृत्तचित्रहरु प्रदर्शन गर्ने क्रममा थाहा नगरपालिकाको पर्यटन प्रवर्धनका लागि स्थानीयपन झल्काउने वृत्तचित्र प्रदर्शन गरिने आयोजक समितिका उपसंयोजक राजिवकुमार स्याङ्तानले जानकारी दिए । उनका अनुसार अहिले वृत्तचित्र निर्माणका लागि इच्छुक कम्पनीहरुबाट प्रस्ताव सङ्कलन गरिएको छ र कम्पनी छनोट गरेर छायाँकनको कार्य छिट्टै शुरु हुनेछ । 

फिल्म फेस्टिवलअन्तर्गत् जेसीज सभाहलमा चलचित्र तथा डकुमेन्ट्री प्रदर्शन गरिने आयोजकले जानकारी दिएको छ । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)