nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहा नगरस्तरीय भलिबल प्रतियोगिताको उपाधि दुई नम्बर प्रतिनीधी टिमलाई

मकवानपुर थाहा नगरस्तरीय भलिबल प्रतियोगिताको उपाधि थाहा नगरपालिका वडा नम्बर २ प्रतिनीधी टिमले जित हासिल गरेको छ । थाहा नगरपालिकाको विसिङखेलमा ९ फागुनमा भएको फाइनल खेलमा पुपु म्हेन्दो युवाक्लबलाई पराजित गर्दै २ नम्बर प्रतिनीधि टिम विजयी भएको हो । वडा नम्बर २ ले २५/१४, २५/१५ र २५/१७ को सोझो सेटले पराजित गरेको हो ।

विजयी भएसंगै वडा नम्बर २ प्रतिनीधि टिमले नगद ५१ हजारसहित शिल्ड मेडल तथा प्रमाणपत्र पाएको छ भने द्वितीय भएको पुपु म्हेन्दोले नगद २६ हजार शिल्ड मेडल तथा प्रमाणपत्र पाएको हो ।
 फोटो सौजन्य: शंकर कार्की ।
हिमाली डाँफे युवा क्लबको आयोजनामा ५ फागुनबाट संचालन भएको नगरस्तरीय प्रतियोगितामा आयोजक हिमाली डाँफे तेस्रो भएको छ भने विनयबाबु स्मृति प्रतिष्ठानले चौथो स्थान हासिल गर्यो । तृतीय भएको आयोजकले नगद ११ हजार शिल्ड मेडल तथा प्रमाणपत्र पाएको छ । विजयी तथा उपविजयी टिमालाई ढोरपाटन क्लबका अध्यक्ष तथा पुरस्कार वितरण समारोहका प्रमुख अतिथी मनवीर छन्त्यालले पुरस्कार वितरण गरेका थिए ।

फोटो सौजन्य: शंकर कार्की ।प्रतियोगितामा उत्कृष्ट खेलाडी वडा नम्बर २ प्रतिनीधि टिमका कुशल लो घोषित भए भने उत्कृष्ट ब्लकर राम कार्की र उत्कृष्ट लिब्रो सुनिल भुजेल पनि सोही टिमको घोषित भए । उदीयमान खेलाडी भने आयोजक हिमाली डाँफेका अमृत थापा घोषित भए । 

कार्यक्रममा थाहा नगरपालिकाका नगर उपप्रमुख खड्ग गोपाली, थाहानगर खेलकुद विकास समितिका संयोजक राजेश केसी, थाहा १० का वडा अध्यक्ष हिराबहादुर गमालको विशेष आतिथ्यता रहेको थियो । 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)