nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 6th May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहा नगरमै पहिलोपटक कम्प्युटर बिक्री तथा मर्मतसम्बन्धी पसल खुल्यो

Computer-1508206974.jpg

थाहा नगरमै पहिलोपटक कम्प्युटर बिक्री तथा मर्मतसम्बन्धी पसल खुलेको छ । थाहा नगरपालिका–४ पेट्रोलपम्पसँगै शान्तिपुर चोकमा शुरु गरिएको उक्त पसलको आइतबारथाहानगर उद्योग वाणिज्य संघका अध्यक्ष कविराज खत्रीले रिवन काटेर उद्घाटन गरे । 

हेटौंडामा लामो समयदेखि संचालन हुँदै आएको चर्चित हेटौंडा कम्प्युटर सेल्स एण्ड रिपेयरिङ सेन्टरले पालुङमा शाखा विस्तार गरेको हो ।        पसलमा कम्प्युटर, ल्यापटप, प्रिन्टर, विक्री तथा मर्मत गर्नुका साथै सीसी क्यामेरा र नेटवर्किङसम्वन्धी सम्पूर्ण कार्य गर्ने प्रोप्राइटर जितेन्द्र महतले बताए ।

‘हामी मनिटर र मदरबोर्ड समेत  मर्मत गर्छौं,’ उनले भने । युवाहरुलाई लक्षित गरी निकट भविष्यमै आइसिटीसम्बन्धी तालिमको आयोजना गरिने पनि उनले बताए ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)