Wednesday, 26th August, 2026
वि.स.

थाहा नगरमा रोटरी स्थापना गर्ने तयारी

rotary-photo-1520684954.jpg

मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकामा रोटरी क्लब स्थापना गर्ने तयारी गरिएको छ । थाहानगरका समाजसेवी अच्युत्तमप्रसाद ढकालको अगुवाईमा रोटरी क्लब अफ थाहा स्थापना गर्ने तयारी गरिएको हो । 
शनिबार काठमाण्डौंस्थित कलंकीमा एक कार्यक्रमको आयोजना गरी थाहा नगरको समृद्धिको लागि रोटरी क्लब स्थापना गर्ने प्रक्रिया शुरु गर्ने निर्णय गरिएको हो । थाहानगरमा घर भई विभिन्न पेसा र व्यवसायमा संलग्न व्यक्तिहरु भेलामा  सहभागी थिए । 
भेलाले थाहा नगरमा रोटरी स्थापना गर्ने निर्णय गर्दै प्रक्रिया अघि बढाउन अच्युत्तमप्रसाद ढकाललाई संयोजक तोकेको छ । ‘अब प्रक्रिया अघि बढेको छ, संस्थापक सदस्यताको फाराम भर्ने काम गर्छौं र अघि बढ्छौं’ संयोजक ढकालले भने ।
भेलामा मकवानपुरका पूर्व स्थानीय विकास अधिकारी भुवनप्रकाश विष्ट, थाहा नगर उद्योग वाणिज्य संघका अध्यक्ष कविराज खत्री, पूर्व प्राध्यापक कुमार थापा, प्राध्यापक बद्रिप्रसाद बिडारी, प्राध्यापक पुस्कल ढकाल र कम्प्युटर एसोसिएसन अफ नेपालका पूर्व अध्यक्ष विनोद ढकालको सहभागिता रहेको थियो । त्यसैगरी ओमबहादुर विष्ट, केदारबहादुर बस्नेत, यदुकुमार बस्नेत, पुरुषोत्तम कार्की, कल्पना बलामी, रामहरि ढकाल, राजाराम अधिकारी, भरतप्रसाद ढकाल, उत्तमराज कार्की, राजिव लामिछाने, ईश्वरनाथ पौडेल, मिलन कार्की, अर्जुन कार्की, राजेन्द्र कार्की लगायतको सहभागिता रहेको थियो । 
कार्यक्रममा सहभागीहरुले थाहानगरको विकासमा विभिन्न पेसा र व्यवसायमा संलग्न व्यक्तिहरुको सामुहिक र संगठित प्रयास जरुरी रहेको र त्यसका लागि सामाजिक क्षेत्रबाट रोटरी क्लबमार्फत् जान सकिने धारणा राखेका थिए । 
सो अवसरमा रोटरी क्लब अफ पशुपतिका पूर्व सभापति हरिभक्त बुढाथोकी, वर्तमान सभापति राजेश न्यौपाने र रोटरीका अनुभवी बद्रि खनालले अनौपचारिक  रुपमा रोटरीसम्बन्धमा अभिमुखीकरण गरेका थिए । 
कलंकीस्थित कोजी फुड ल्याण्डमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ काठमाण्डौंका अध्यक्ष शन्तराम बिडारी, थाहा नगर मिडिया एसोसिएसनका अध्यक्ष कुमार नेगी र थाहा–काठमाण्डौं पत्रकार समाजका अध्यक्ष बैकुण्ठ ढकालको समेत सहभागिता रहेको थियो । 
 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

rotary-photo-1520684957.jpg






Thaha-002-1774415222.gif