Saturday, 6th June, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहा नगरपालिका (सी) लाई प्रथम उपमेयर कप खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधि

IMGL1157-1578708466.JPG

थाहानगर स्तरीय प्रथम उपमेयर कप खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधि आयोजक थाहा नगरपालिका (सी) ले हासिल गरेको छ । थाहा नगरपालिकाको क्याम्पाडाँडामा संचालन भएको प्रतियोगितामा थाहा नगरपालिका सी समूहका अरुण लामा र सुभाष गौतम विजयी भएका हुन् । 

थाहा नगरपालिका सीले नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रलाई परािजत गरेको हो । त्यस्तै प्रतियोगितामा पालुङ प्राथमिक स्वास्थ्य केन्द्र तेस्रो भएको छ । थाहा नगरपालिका बैंङ्किङ समूलाई पराजित गरेको थियो । 

१० टिमको सहभागिता रहेको प्रतियोगिताका विजयीलाई नगद १५ हजार, दोस्रोलाई १० र तेस्रो हुनेलाई ५ हजार पुरस्कार तथा शिल्ड, मेडल र प्रमाणपत्र दिइने छ । थाहा नगरपालिकाको आर्थिक सहयोगमा खेलकुद विकास समिति थाहानगर र फरकसोचको व्यवस्थापनमा भएको प्रतियोगिताका विजयीहरुलाई रुपचन्द्र विष्टको जन्मजयन्तीको अवसरमा २६ पौषमा पुरस्कार वितरण गरिने आयोजक फरक सोचका अध्यक्ष यादवजंग रायमाझीले जानकारी दिए । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०