Tuesday, 4th August, 2026
वि.स.

थाहा नगरपालिकाबाट ७७ जनाको श्रम स्वीकृति

आर्थिक वर्ष २०८२/८३ मा मकवानपुरको थाहा नगरपालिका कार्यालयअन्तर्गत रहेको रोजगार, सीप तथा उद्यमशीलता केन्द्रबाट ७७ जनाको नयाँ श्रम स्वीकृति तथा नवीकरणमा सहजीकरण गरिएको छ । केन्द्र प्रमुख रोजगार संयोजक कुमार नेगीका अनुसार थाहा नगरपालिका तथा अन्य पालिकाहरुबाट वैदेशिक रोजगारीको शिलशिलामा खाडी मुलुक, मलेशिया, युरोप तथा अन्य देशमा रहेका व्यक्तिहरुको श्रम स्वीकृतिमा सहजीकरण गरिएको हो । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाँदा अनिवार्यरुपमा गनुपर्ने श्रम स्वीकृति कार्यका लागि स्थानीय तहहरुमा रहेका रोजगार, सीप तथा उद्यमशीलता केन्द्र(साविक रोजगार सेवा केन्द्र)बाटै सेवा लिन सक्ने व्यवस्था गरेको छ ।

श्रम स्वीकृतिका लागि वैदेशिक रोजगार विभागले सञ्चालनमा ल्याएको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली(एफइआइएमएस)को फोकल पर्सनसमेत रहेका नेगीका अनुसार थाहा नगरपालिकाबाट आर्थिक वर्ष २०८२/८३ मा श्रम स्वीकृतिको सेवा प्रदान गरिएका अधिकाँश व्यक्तिहरु खाडी मुलुकमा कार्यरत छन् ।  थाहा नगरपालिकाबाट श्रम स्वीकृतिको सेवा प्रदान गरिएकाहरुमा युएइ/दुबइका लागि २९, साउदी अरेबियाका लागि १८ र मलेसियाका लागि ९ जना रहेका छन् । त्यसैगरी कुवेत र कतारका लागि ६/६ जनाले श्रम स्वीकृतिका लागि आफ्नै पालिकामा सेवा लिएका छन् भने रोमानियाको लागि ३ जनाले सेवा लिएका छन् । थाहा नगरपालिकाबाट जापान र पोल्याण्डको श्रम स्वीकृतिका लागि २÷२ जनाले श्रम स्वीकृति सेवा लिएका छन् भने १/१ जनाले बहराइन, क्रोएसिया र दक्षिण कोरियाको श्रम स्वीकृति लिएका छन् । 

आ. व. २०८०/८१ मा पहिलोपटक श्रम स्वीकृति सहजीकरणको सेवा लिन आएका थाहा–३ का रोहित विष्टलाई दुई वर्षको लागि श्रम स्वीकृति नवीकरणको पत्र हस्तान्तरण गरेर थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले पालिकाबाटै श्रम स्वीकृति सेवाको सुरुवात गरेका थिए ।

अघिल्ला आर्थिक वर्षहरुको तुलनामा आर्थिक वर्ष २०८२/८३ मा थाहा नगरपालिकामा आफ्नै पालिकाबाट श्रम स्वीकृतिको सेवा लिने व्यक्तिहरुको सङ्ख्या बढेको रोजगार, सीप तथा उद्यमशीलता केन्द्रले जनाएको छ । यस नगरपालिकाबाट आ.व. २०८०/८१ मा २५ जनाले श्रम स्वीकृतिसम्बन्धी सेवा लिएकोमा २०८१/८२ मा ४६ जना सेवा लिन आएका थिए । श्रम स्वीकृतिको काम आफ्नै पालिकाबाट हुन्छ भन्ने जानकारी फैलिँदै जाँदा सेवा लिनेहरुको सङ्ख्या पनि बढ्दै गएको हो । 

आ. व. २०८०/८१ मा पहिलोपटक श्रम स्वीकृति सहजीकरणको सेवा लिन आएका थाहा–३ का रोहित विष्टलाई दुई वर्षको लागि श्रम स्वीकृति नवीकरणको पत्र हस्तान्तरण गरेर थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले पालिकाबाटै श्रम स्वीकृति सेवाको सुरुवात गरेका थिए । हाल थाहा नगरपालिकाले आफ्नो पालिकाको मात्र नभई सम्पर्कमा आएका अन्य छिमेकी पालिकाका व्यक्तिहरुको श्रम स्वीकृतिमा समेत सहजीकरण गरिरहेको छ । 

स्थानीय तहहरुले हाल वैदेशिक रोजगारसँग सम्बन्धित श्रम स्वीकृति मात्र नभई वैदेशिक रोजगारीको शिलशिलामा मृत्यु भएमा शब झिकाउने, शब ढुवानी गर्ने, क्षतिपूर्ती उपलब्ध गराउने, छात्रवृत्ति प्रदान गर्ने, बिरामी र अङ्गभङ्ग भएमा उपचार खर्च उपलब्ध गराउने, वेपत्ता, ठगी तथा अलपत्र परेकाहरुको खोजतलास तथा उद्धार गर्ने, पारिवारिक स्वास्थ्य उपचारमा सहयोग गर्ने जस्ता कार्यहरुमा समेत सहजीकरण गर्दै आएका छन् । 

विभाग परिसरमा लाग्ने भीड, एजेन्सीहरुबाट ठगिने सम्भावना, काठमाडौं बसाइ खर्च तथा झन्झटहरुलाई कम गर्न वैदेशिक रोजगार विभागले आ.व. २०८०/८१ देखि श्रम स्वीकृतिको लागि स्थानीय तहहरुबाटै सहजीकरण गर्ने व्यवस्था मिलाएको हो । यस अन्तर्गत स्थानीय तहहरुले वैदेशिक रोजगारमा जान चाहने व्यक्तिहरुको कागजात जाँच गर्ने, अनलाइन प्रणालीमा सही विवरणहरु राख्ने, तोकिएको ढाँचामा कागजातहरुको सफ्टकपी तयार गरेर अपलोड गर्ने, तोकिएको शुल्कको अनलाइन भुक्तानी प्रक्रियाबारे जानकारी दिने जस्ता कार्यमा सहयोग गर्दछन् । अनलाइन प्रणालीमा प्रविष्ट विवरण तथा कागजातहरुको आधारमा अन्तिम श्रम स्वीकृति भने विभागले नै प्रदान गर्दछ । 

स्थानीय तहहरुले धेरैजसो वैदेशिक रोजगारीबाट छुट्टीमा घर आएका व्यक्तिहरुको श्रम स्वीकृति नवीकरणमा सहजीकरण गरिरहेका छन् । वैदेशिक रोजगारीमा जान लागेका व्यक्तिहरुको नयाँ श्रम स्वकिृतिका लागि स्वास्थ्य परीक्षण(मेडिकल), अभिमुखीकरण, बायोमेट्रिकको सुविधा स्थानीय क्षेत्रमा नरहेको र काठमाडौंमै पुग्नु पर्ने भएकोले नयाँ श्रम स्वीकृतिको काम निकै कम मात्र आउने गरेको रोजगार संयोजक नेगीले बताए । ‘कोही व्यक्ति मेडिकल, बायोमेट्रिक र अभिमुखीकरण तालिम लिएर श्रम स्वीकृतिको सेवा लिन आए भने हामी यहीँ(पालिका)बाटै अनलाइन सहजीकरण गरिदिन्छौं,’ नेगीले भने । 

स्थानीय तहहरुले हाल वैदेशिक रोजगारसँग सम्बन्धित श्रम स्वीकृति मात्र नभई वैदेशिक रोजगारीको शिलशिलामा मृत्यु भएमा शब झिकाउने, शब ढुवानी गर्ने, क्षतिपूर्ती उपलब्ध गराउने, छात्रवृत्ति प्रदान गर्ने, बिरामी र अङ्गभङ्ग भएमा उपचार खर्च उपलब्ध गराउने, वेपत्ता, ठगी तथा अलपत्र परेकाहरुको खोजतलास तथा उद्धार गर्ने, पारिवारिक स्वास्थ्य उपचारमा सहयोग गर्ने जस्ता कार्यहरुमा समेत सहजीकरण गर्दै आएका छन् । 
 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif