nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहा नगरपालिकाको शिक्षा विकास
सानाेभाइ कार्की

शिक्षा मानव मात्रको पहिलो र प्रमुख आधार हो । शिक्षा बिना मानव जीवन ब्यर्थ हुन्छ । किनकी अचेतन मानव र अन्य प्राणी समान हुन् । यस अर्थमा कि जीवन र विकास । जीवन जीउनु हो भने, विकास एक पछि अर्को गरी सकारात्मक परिवर्तन हो ।जसबाट मानव जीवनमा आइपर्ने सम्पूर्ण तह   र स्तरका आवश्यकताहरु एक पछि अर्को गरी हल हुँदै जान्छन र जानुपर्दछ भन्ने मान्यतालाई पूरा गर्दछ । यसरी शिक्षाको पहिलो काम मानिसलाई दिक्षित पार्नु हो । उ कुन प्रकृतिबाट दिक्षित हुन्छ वा पारिन्छ त्यहि प्रकारले उसको जीवनको भोगाइ र जगतप्रतिको सोचाई, हेराई रहन्छ । अब प्रश्न उठ्न सक्दछ कि कस्तो शिक्षा सही हो ? सबै प्रकारका शिक्षा सही हुन् । यद्यपी पहिलो साक्षर, दोस्रो रोजगार, तेस्रो अनुसनधानमुलक हुनु चाँहि शिक्षा विकासको क्रम मान्न सकिन्छ । यसको प्रारम्भ र विकास मानिसको आफ्नो सोच्न सक्ने क्षमता र लगानीको हैसियतमा भर पर्दछ ।
अब यहाँको प्रसङ्ग छ कि थाहा नगरपालिका भित्रको शिक्षा विकास कसरी गर्न सकिएला ?

पृष्ठभूमि:
थाहा नगरपालिका वि.सं. २०७१ मा घोषिणा भयो । यस अघि दामन, पालुङ र बज्रबाराही गा.वि.स.हरुलाई विविध पूर्वाधारहरुलाई आधार मानी नगरमा स्तरोन्नति गरियो ।गा.वि.स.को संरचनामा ल्याउन भन्दा धेरै अघि वि.सं. १९८७÷८८ बाट नै पालुङ लाम्पाटीमा औपचारिक कक्षा चलेको र परीक्षाको उत्तरपुस्तिका परीक्षणका लागि काठमाण्डौ लाने     गरिएको कुरा भोगाईमा आधरित भनाई (स्व. भीम बहादुर कार्की पालुङ–४    अंगारे) मा छ । यसरी सो समयदेखि क्रमिक रुपमा विकसित शैक्षिक अभियान वि.सं. २०१४ सम्म आइपुग्दा पालुङतर्फ सरस्वती प्रा.वि. (तात्कालिन) पालुङ–४ अंगारे र दामन तर्फ कालाभैरव प्रचण्ड प्राथमिक स्कुल दामन–२ मा स्थापना भयो । यो दुई स्थानमा  औपचारिक स्कुलको स्थापनाले के देखाउँदछ भने पहिलो शिक्षाको क्रमिक विकास दोस्रो सामाजिक अगुवाहरुको निरन्तरता र परिवर्तनको चाहना । यसरी क्रमिक रुपमा तर ढिला गतिमा शिक्षाको विकास भएको यस नगरपालिकामा हाल सामुदायिक तर्फ क्याम्पस–१, उच्च मा.वि.–२, मा.वि.–३, नि.मा.वि.–३ र १५ प्रा.वि.हरु रहेका छन् । यसका साथै नीजी लगानीमा सञ्चालन भएका मा.वि.–४, नि.मा.वि.–२ र प्रा.वि.–३ रहेका छन् । यस नगरपालिका भित्र प्राविधिक शिक्षाबाट विद्यार्थीहरुलाई सक्षम जनशक्तिको रुपमा तयार गर्न प्राविधिक शिक्षा तर्फ श्री जनकल्याण उ.मा.वि. मा यसै शैक्षिक सत्रबाट कक्षा ९ मा कृषि अन्तरगत बाली विज्ञान विषय अध्यापन कार्य शुरु हुन लागेको बाट स्थानीय तहमा कृषि प्राविधिक उत्पादनको श्री गणेश भएको  छ ।
उच्च जनशक्ति उत्पादन गर्ने क्याम्पसमा मानविकी तथा व्यवस्थापन र मध्यम जनशक्ति उत्पादनका उच्च मा.वि.हरुमा समेत व्यवस्थापन, मानविकी तथा शिक्षाशास्त्र संकायहरुमात्र चलिरहेको यस नगरपालिकामा अबका दिनमा व्यवसायिक, प्राविधिक शिक्षाको माग बढेको आभाष भएको छ । यसको दृढताकासाथ कार्यान्वयन गर्ने निकायको आवश्यकता  छ । जसका लागि थाहा नगरपालिका शैक्षिक समितिबाट योजनावद्ध कार्यक्रम कार्यान्वयन हुनु जरुरी भएको सन्दर्भमा यो प्रस्तावना–पत्र महत्वपूर्ण हुने विश्वास गरिएको छ ।

उद्देश्य:
१) थाहा नगरपालिका भित्रको आम    नागरिकहरुलाई साक्षर बनाउने ।
२) हरेक विद्यालयमा भर्ना भएका विद्यार्थीहरुलाई तहगत शिक्षा पूरा गराउन प्रयत्नशील रहने ।
३) वर्तमान शैक्षिक उपलब्धीलाई वृद्धि र गुणस्तरीय बनाउने ।
४) प्राविधिक शिक्षा समेतको व्यवस्थापनबाट उत्पादित जनशक्तिलाई रोजगारमूलक बनाउने ।
५) कृषि, वन तथा वातावरण शिक्षालाई स्थापना गरी यसकोविकास र विस्तारमा जोड दिने । 
६) शैक्षिक क्षेत्रको गन्तव्यलाई कार्यमूलक सन्धानात्मकवातावरण तयार गरी शैक्षिक सुधारमा जोड दिने ।
७) थाहा नगरलाई शैक्षिक केन्द्रको रुपमा विकास गर्ने ।

१. उपर्युक्त उद्धेश्यहरु पूरा गर्न अवलम्बन गरिने नीति तथा कार्यक्रमहरु:
क) यस नगरपालिकामा जन्मेका हरेक बालबालिकाहरुलाई अनिवार्य स्कुल भर्नाको 
वातावरण सिर्जना गर्ने ।
ख) निश्चित उमेर समूहका किशोर किशोरी तथा वृद्ध वृद्धाहरु समेतलाई अनौपचारिक शिक्षा दिने व्यवस्था मिलाउने ।
ग) साक्षरता कार्यक्रमलाई  व्यवहारिक प्रयोगका लागि उच्च मा.वि. स्थित शिक्षाशास्त्र सङ्कायमा अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थीहरुलाई पूर्णाङ्क 
१० तोकी साक्षरता वृद्धिमा सरिक गराउने ।
घ) विपन्न तथा गरिब, निसहाय बालबालिकाहरुको पहिचान गरी छात्रवृत्तिको व्यवस्था गर्न समेत आवश्यक पहल गर्ने ।
ङ) आवागमन, परिवार सङ्ख्या लगायतका आन्तरिक एवम् वाह्य कारणले पीडित बालबालिकाहरुका लागि सरकारी तवरबाट सञ्चालन हुने, निश्चित हिस्सा सम्बन्धित नागरिकहरुबाट लगानी हुने गरी आवासीय विद्यालय खोल्न व्यवस्था मिलाउन पहल गर्ने ।
च) प्राविधिक शिक्षा तर्फ अध्ययन गर्ने विद्यार्थीहरुलाई प्रयोगात्मक अभ्यास गर्ने क्षेत्रको व्यवस्था मिलाउने । 
छ) नगरपालिका स्तरीय दुईवटा छात्रावास (साविक दामन–पालुङ १ र बज्रवाराही १) को व्यवस्थाका लागि पहल गर्ने ।
ज) शैक्षिक विकास सम्वन्धि अन्य कार्य गर्न समय समयमा नगरपालिका भित्रका र सबै शैक्षिकसरोकारीहरु बिच वृहत अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गरी सो बाट प्राप्त सुझावहरुलाईप्रचलित ऐन नियमको परिधिभित्र रही नगरपालिकाको क्षमताको आधारमा कार्यान्वयन गर्दै लैजाने।
झ) विद्यालय व्यवस्थापनको लागि निश्चित शैक्षिक लगानी र उपलव्धिको आधारमानि विद्यार्थीहरुलाई विद्यालय–घर आउन जान सके सम्म आधा घण्टाको समय भित्र रहने गरी यातायातको साधन समेतको व्यवस्थाको लागि पहल गर्ने ।
२.उत्पादित जनशक्तिलाई रोजगारमूलक बनाउन तपसिल अनुसारको नीति तथा कार्यक्रमहरु सञ्चालन  गर्ने :
क) थाहा नगरपालिका क्षेत्रभित्र एक प्राविधिक स्कुलको स्थापनाको लागि पहल गर्ने ।
ख) प्राविधिक स्कुलमा विज्ञान, कृषि तथा पशु सङ्काय उपयुक्त हुने देखिन्छ । यो कक्षा ९–१२ कोहुनेछ ।
ग) थाहा नगरपालिका भित्र क्ीऋ  द्ययबचम परीक्षामा सर्वोत्कृष्ट हुने एक छात्रा र एक छात्रलाई उच्च प्राविधिक शिक्षा अध्ययनार्थ व्यवस्था मिलाइने ।
घ) यसरी पढाई सकेपछि कम्तीमा ५ वर्ष सेवा गर्नैपर्ने व्यवस्था मिलाउने ।
ङ) अल्पकालीन प्रकृतिको तालिम  (सीपमूलक) नियमित सञ्चालनको व्यवस्था मिलाउने ।
३. क) कृषि,वन तथा वातावरण अनुसन्धानको लागि सम्बन्धित उच्च शिक्षासँग सम्पर्क बढाई सम्वन्धविस्तार गर्ने ।
ख) वन तथा विद्यालय क्षेत्रमा थप जडीबुटी रोपण, संरक्षण र उत्पादन बढाउन पहल गर्ने ।
ग) वन क्षेत्रमा रहेका जडीबुटीजन्य बोटविरुवाहरुको सङ्कलन तथा बितरणको व्यवस्था मिलाउनका लागि सम्बन्धित निकायहरुसंग सम्वन्ध विस्तार  गर्ने ।
४. शैक्षिक गुणस्तर सुधारको उद्देश्य आफैमा अत्यन्त जटिल छ । भन्दा जति सजिलो र मीठो छ, गर्दा त्यत्तिकै कठिन पनि     छ । दायित्वसँग जोडिएको यो उद्देश्य पूर्तिका लागि त्रिपक्षीय सम्बन्ध गाढा रुपमा विकास हुन जरुरी छ । फोटो: गुगलबाट

(–लेखक थाहानगर शिक्षा समितिका  सदस्य हुन् ।)