nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहा गोल्ड कपको उपाधी ऋषेश्वरलाई

थाहा नगर खेलकुद विकास समिति वडा नं. २,३ र ४ को आयोजनामा भएको प्रथम थाहा गोल्ड कपको उपाधी ऋषेश्वर ११ फुटबल क्लबले हात पारेको छ । थाहा ३ ईन्द्रायणी चौउर खेल मैदानमा आज भएको फाईनल खेलमा पारिजात स्मृति पुस्तकालय चित्लाङलाई ट्राईब्रेकरमा हराउदै ऋषेश्वरले उपाधी दाबी गरेको हो । ट्राईब्रेकरमा ऋषेश्वरले ३–२ गोलले पारिजातलाई पराजित गरेको हो । खेलको निर्धारित समयमा गोलरहित बराबरी भएपछि खेल ट्राईब्रेकरमा पुगेको थियो । 

विजेता ऋषेश्वर टिमले नगद ५० हजार सहित शिल्ड, मेडल तथा प्रमाण पत्र प्राप्त गरेका छन् । त्यसैगरि उपविजेता पारिजात पुस्ताकालयले नगद ३० हजार ,शिल्ड, मेडल तथा प्रमाण पत्र प्राप्त गरेका छन् । 
प्रतियोगिताबाट ऋषेश्वरका सुमित मगर उत्कृष्ट खेलाडी भए भने, पारिजातका सरोज बलामी उत्कृष्ट अंक प्राप्त गर्ने खेलाडीको रुपमा घोषित भए । खेलको म्यान आफ दी म्याच र उत्कृष्ट गोल रक्षक ऋषेश्वरका मनोज लामा भए । 

Caption

विजेता तथा उपविजेता टिमलाई आज नै प्रमुख अतिथि लवशेर विष्ट तथा सभापति राजेश केसीको हातबाट पुरस्कार प्रदान गरिएको छ । सेभेन ए साईडमा खेलाईएको खेलमा २२ टिमको सहभागिता रहेको थियो । 

Caption


https://thahatimes.com/public/images/users/26166321_736678939864359_-1516519321.jpg

जनक तामाङ

janaklama415@gmail.com

तामाङ,थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको थाहानगरमा रहेर पत्रकारिता गरिरहेका छन् ।