Friday, 17th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहा कला केन्द्रेको "पहिचान गीत"को विमोचन

थाहा कला केन्द्र थाहा नगरपालिका ३ को पहिचान गीतको विमोचन गरिएको छ । थाहा कला केन्द्रका अध्यक्ष सानोबाबु मुक्तानको अध्यक्षतामा गीतको विमोचन गरिएको हो । पहिचान गीत कला केन्द्रका अध्यक्ष मोक्तानको स्वरमा रेकर्ड गरिएको छ । कला केन्द्रको पहिचानको लागि यो सुरुवाती गीत भएकोले यसमा प्रतिक्रिया दिनको लागि केन्द्रका अध्यक्ष मोक्तानले सबैलाई आग्रह गरेकाछन् । मकवानपुरमा लुकेर बसेका प्रतिभालाई उजागर गर्नको लागि मकवानपुर आईडल गरिसकेको र अब फेरि कला सम्बन्धि अर्को प्रतियोगितालाई चाडै अगाडि बढाउने अध्यक्ष मोक्तानले   बताए ।  

वि।सं। २०७२ सालमा स्थापना भएको कला केन्द्रले कला सम्बन्धि विभिन्न कार्य गर्दै अगाडि बढेको छ । केन्द्रले मकवानपुर स्तरीय एकल गायन प्रतियोगिता मकवानपुर आईडल आयोजना गरि आफ्नो नामलाई विभिन्न स्थानमा फैलाउन समेत सफल भएको छ ।  मकवानपुरको सुगम देखि दुर्गम क्षेत्रमा गएर आईडलको लागि प्रतियोगि छनौट गरिएको थियो । कला केन्द्रले मकवानपुरको थाहा नगरपालिका ३ शिखरकोटमा आफ्नो कार्यालय र हल को स्थापना गरि कलाकारलाई अभ्यास गराउदै आएको छ । थाहानगरमा विभिन्न समयमा साँस्कृतिक कार्यक्रम, जनचेतनामुलक कार्यक्रम तथा नाटक, गीत, नृत्यलाई आत्मसाथ गर्दै कला केन्द्र अगाडि बढिरहेको छ । 

कला केन्द्रको आफ्नै हलमा भएको विमोचन कार्यक्रममा केन्द्रका सचिव विना मोक्तान, कोषाध्यक्ष जनक लामा, सदस्यहरु  लगायतको उपस्थिती रहेको थियो ।

-जनक लामा