Saturday, 5th September, 2026
वि.स.

थाहा कला केन्द्रका प्रशिक्षार्थीलाई मुक्तानले दिए छात्रवृत्ति

kalaaaa-1507428966.jpg

थाहानगरमा कला संस्कृति संरक्षण र प्रवद्र्धनमा क्रियाशील थाहा कला केन्द्रका ९ जना प्रशिक्षार्थीले छात्रवृत्ति स्वरुप पोशाक पाएकाछन् । कला केन्द्रमा नृत्य, संगीत तथा गायन सिकिरहेका जेहेन्दार प्रशिक्षार्थी मध्ये कालीखोलाकी कौशल्या वाइवा, गोलढुङ्गाकी सुस्मिता तितुङ, देउखेलकी सुनसानी थिङ,थाहा नगरपालिका ओखरबजारका सनुप श्रेस्ठ, भाङखोरियाकी आर्बिनी सिनतान, कल्पना सिन्तान, शान्ति सिन्तान तथा खानगिाउँका सन्तोष तामाङ र गोपालीगाउँकी बिनतिा गोपालीले पोशाक पाएको केन्द्रका अध्यक्ष सानोबाबु मुक्तानले जानकारी दिए । अहिले कला केन्द्रमा ५७ जना प्रशिक्षार्थी छन् ।

कला केन्द्रका मिहिनती तथा जेहेन्दार प्रशिक्षार्थीहरुलाई स्थानीय सानुभाई मुक्तानले सहयोग गरेका हुन् । मुक्तान हाल नेपाली सेनामा कार्यरत तथा  स्थानीय समाजसेवी हुन् । उनले थाहा कला केन्द्रका लागि यसअघि पनि विभिन्न बाद्यवादनका सामाग्रीहरु सहयोग गरेका थिए । स्थानीय कला संस्कृतिको संरक्षण र प्रवद्र्धनमा प्रतिवद्ध मोक्तानले कला केन्द्रले संचालन गरेको विभिन्न कार्यक्रमहरुमा पनि सहयोग गर्दै आएकाछन् ।  

यसैबीच थाहा कला केन्द्रले समाज रुपान्तरणका लागि चलचित्र निर्माण अभियान संचालन गरिरहेको अध्यक्ष सानोबाबु मोक्तानले बताए । यसका लागि कला केन्द्रले थाहा नगरपालिका, कैलाश गाउपालिका, हेटौडा उपमहानगपालका र भिमफेदी गाउँपालिकामा सहकार्यको लागि प्रस्तावना पेश गरेको छ । समाजका विकृतिहरु चलचित्रको माध्यमबाट न्यूनिकरण गर्ने उद्देश्यले कला केन्द्रले यस्तो अभियान संचालन गर्न लागेको जनाएको छ । त्यस्तै विजया दशमीको अवसरमा कला केन्दका कलाकारहरुले थाहानगरमा आयोजना भएका विभिन्न कार्यक्रमहरुमा सहभागिता जनाएका थिए । कला केन्द्रमा अहिले संगित प्रशिक्षक संजय कार्कीको प्रशिक्षणमा प्रशिक्षार्थीहरु शास्त्रीय संगति सिकीरहेका छन् । कला केन्द्रमा हाल गितार कक्षा पनि संचालनमा भइरहेको छ ।

 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif