nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहा आइडलमा उत्कृष्टहरुबीच भिडन्त

थाहा आईडल (एकल गायन तथा एकल नृत्य) अन्तर्गत ४ असोजमा भएको प्रतियोगितामा १७ जना छनौंट भएकाछन् । दोस्रो थाहा महोत्सवको अवसरमा भइरहेको थाहा आइडल नृत्य तर्फ उत्कृष्ट ८ छानिएका छन् । यसरी उत्कृष्ट ८ मा पर्नेहरु संस्कृति लामा, स्वेता तामाङ, उर्मिला तामाङ, सुप्रिया अधिकारी, एलिना रानामगर, बुद्धिमान लो, सुरज मोक्तन, रोशनी तामाङ छन् । एकल नृत्य तर्फको निर्णायक वरिष्ठ नृत्य निर्देशक गोविन्द राई नव क्षितिज कला केन्द्रका निर्देशक विजय श्याम आमात्य रहेका छन् । 
त्यसैगरी एकल गायनतर्फमा उत्कृष्ट ९ जना छानिएका छन् । थाहा आइडल गायनतर्फ उत्कृष्ट नौमा पर्न सफल भएकाहरु विनिता गोपाली, सरोज प्रधान, देमन्त गोपाली, आयुष गोपाली, सर्मिला स्याङ्तान, अमृत बर्ताैला, सन्तोष पौडेल, रोशन तामाङ छन् । एकल गायन तर्फको निर्णायक गायक जीवन परियार र गायक तथासंगीतकार टंक बुढाथोकी रहेकाछन् ।