nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 16th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहा आइडलको टपटेनमा को को परे ?
८ वर्षिय स्वेतालाई भ्यालीहार्डको छात्रवृत्ति

Dancing-Copy-1474335481.jpg

थाहा आइडल अन्तर्गत ३ असोजमा भएको नृत्यतर्फ उत्कृष्ट १० छनौंट भएका छन् । मकवानपुर थाहा नगरपालिका इन्द्रायणी चौरमा संचालन भइरहेको दोस्रो थाहा महोत्सवको अवसरमा थाहा आइडल अन्तर्गत नृत्य र गायन प्रतियोगिता भइरहेको छ । 
उत्कृष्ट १० मा स्वेता तामाङ, रोशनी तामाङ, उर्मिला स्याङ्तान, संस्कृति लामा, सुरज तामाङ, बुद्धिमान लो, चन्द्र लामा, सुप्रिया अधिकारी, एलिना राना, पुजा विष्ट छनौंट भएका हुन् । 
उत्कृष्ट १० मध्ये मकवानपुर टिष्टुङ गाविस वडा नम्बर १ की स्वेता तामाङको नृत्यले सबैको ध्यान तानेको थियो । स्वेताको नृत्यलाई मनपराएर थाहानगरको पालुङ भ्याली हार्ट एकेडेमीका प्रिन्सीपल सुरेन्द्रमान प्रधानले ३ देखि १० कक्षासम्म निःशुल्क पढाउने महोत्सवमा घोषणा गरेका छन् । उनलाई गायक तथा संगितकार टंक बुढाथोकीले मञ्चमै एकहजार पाँच रुपियाँ पुरस्कार दिएका थिए । 

-सानोबाबु मोक्तान/कला संवाददाता