nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहा–१ मा भलिबल खेलाडी र प्रशिक्षकलाई सम्मान

मकवानपुर थाहा नगरपालिका वडा नम्बर १ मा खेलाडी तथा प्रशिक्षक सम्मान कार्यक्रम भएको छ । 

थाहा नगरपालिकाको फाँटबजारमा विनयबाबु स्मृति प्रतिष्ठानको आयोजनामा अघिल्लो महिना भएको जिल्लास्तरीय भलिबल प्रतियोगितका विजेताहरुलाई वडा कार्यालयको आयोजनामा सम्मान गरिएको हो । प्रतियोगितामा वडा नं. १ प्रतिनीधि टिम विजयी भएको थियो ।

वडा नम्बर १ की वडा सदस्य देवकी तामाङको सभाध्यक्षता तथा वडा नम्बर १ का वडा अध्यक्ष हेरमान गोपालीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वडा सदस्य रुपचन्द्र गोपाली, सुशीला विश्वकर्मालगायत खेलाडीहरुको उपस्थिती रहेको थियो । 
कार्यक्रमको अवसरमा विजयी टिम तथा खेलाडीहरुलाई बधाई दिदै वडा अध्यक्ष हेरमान गोपालीले थाहानगरमा खेलाईहरुको प्रवद्र्धन र सहयोगका लागि भलिबल प्रशिक्षणको कार्यक्रम आयोजना गर्ने बताए । उनले भने नगरले आयोजना गरेको प्रशिक्षणमा इच्छुक खेलाडीहरले सहभागिता जनाउन सक्ने अध्यक्ष गोपालीको भनाइ थियो ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)