nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहामा वैदेशिक रोजगारीले निम्त्याएको नकारात्मक सामाजिक असर न्यूनीकरण सम्बन्धी अन्तरक्रिया

ivds-1654184703.jpg

थाहा नगरपालिका अन्तर्गत् रहेको सुरक्षित आप्रवाशन परियोजना (सामी) ले १९ जेठमा वैदेशिक रोजगारीले निम्त्याएको नकारात्मक सामाजिक असर न्यूनीकरण सम्बन्धी अन्तरक्रिया गरेको छ ।

थाहा नगरपालिकाका जनप्रतिनिधि, रोजगार सेवा केन्द्र, मेड्पा, महिला, बालबालिका, अपाङ्गता तथा ज्येष्ठ नागरिक शाखा, न्यायिक शाखा, इलाका प्रहरी कार्यालय, सहकारी, महिला स्वास्थ्य स्वयम्सेविका, पत्रकार, वैदेशिक रोजगारीमा रहेकाको परिवार, वैदेशिक रोजगारीबाट फर्किएका व्यक्ति  लगायत सरोकारवालाहरुको सहभागितामा कार्यक्रम भएको हो ।

एकीकृत ग्रामीण बिकास केन्द्रको आयोजनामा भएको कार्यक्रममा सो संस्थाका सचिब मिनराज पौडेलको अध्यक्षता रहेको थियो भने थाहा नगरपालिकाका उपमेयर भरत गोपाली प्रमुख अतिथि रहेक थिए ।

अन्तरक्रियामा सामी मकवानपुर जिल्ला संयोजक अन्जिता थापा मगरले सामी परियोजनाको उद्धेश्य तथा कार्यक्रमको बारेमा चर्चा गर्दै सहभागीहरुको जिज्ञाशामा आफ्नो कुरा राखेकी थिइन् भने मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपालका सुपरभाइजर विष्णुकुमारी वाइबाल वैदेशिक रोजगारीले निम्त्याएको नकारात्मक सामाजिक असर र न्यूनीकरण तथा परिणामको बारेमा  सहजीकरण गरेकी थिइन् ।

कार्यक्रममा थाहा नगरसभाका सदस्यहरु युवराज विष्ट, सविता सुनार, पवित्रा कार्की ठकुरी, बालबालिका, अपाङ्गता तथा ज्येष्ठ नागरिक शाखा प्रमुख प्रतिमा मोक्तान, रोजगार संयोजक कुमार नेगी, कानुनी सहजकर्ता गोपीकुमारी कार्की, लघुउद्यम सहजकर्ता दिक्षा पाण्डे, इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक दुर्गा खनाल, पत्रकार शम्भु अधिकारी लगायतको सहभागिता  रहेको थियो । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)