nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहामा नयाँ कार्यकारी अधिकृत हरिलाल पुरी हाजिर भए

मकवानपुरको थाहा नगरपालिकामा हरिलाल पुरी कार्यकारी अधिकृतको रुपमा आएका छन् । पुरी थाहा नगरपालिकामा ९ असोजमा हाजिर भएका हुन् । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको ४ असोजको बैठकले स्थानीय विकास मन्त्रालय अन्तर्गत कार्यरत् नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, राजपत्रांङ्कित द्वितीय श्रेणी (उपसचिव), तथा राजपत्रांकित तृतीय श्रेणी (अधिकृत) पदका कर्मचारीहरुलाई कामकाजका लागि खटाइएको हो । मन्त्रालयले खटाएपछि पुरी थाहामा आएका हुन् । 

थाहाका कार्यकारी अधिकृत जीवन प्रसाद आचार्य रतुवामाई नगरपालिका मोरङमा सरुवा भएकाछन् । पुरी कावासोती नगरपालिकाबाट थाहामा सरुवा भई आएका हुन् । उनी यसअघि थाहाबाटै कावासोती सरुवा भई गएका थिए । पुरीले थाहा नगरपालिकामा यस अघि १६ महिना सेवा गरेका थिए । अहिलेसम्मको अवधीमा पुरी थाहामा सबैभन्दा बढि सेवारत् कार्यकारी अधिकृत हुन् । उनी उपसचिवमा बढुवा भएपछि कावासोती सरुवा भएका थिए । थाहामा सरुवा भएर आएका कार्यकारी अधिकृत पुरीले १० असोजमा नगरपालिकाको विकास गतिविधिको विषयमा कर्मचारीहरुसंग जानकारी लिएकाछन् । 

पुरीले थाहानगरको फोहोर मैला व्यवस्थापनको चुनौति पहिलेदेखि नै रहेको बताउँदै अब आफुले सबैभन्दा पहिले यसलाई प्राथमिकतामा राखेर काम गर्ने बताए । उनले सबै वडाबाट एकीकृत सम्पत्ति कर तिर्ने वातावरण बनाउन मिलाउन तत्काल पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । ‘नागरिकले कर सहजै तिर्न पाउनुपर्छ वडाबासीले वडाबाटै कर तिर्ने वातावरण म बनाउँछु ।’– कार्यकारी अधिकृत पुरीले भने ।

थाहामा नगरपालिका घोषणा हुने वित्तिकै पुरुषोत्तम सापककोटाले ४ महिनासम्म सेवा गरेका थिए भने अर्का कार्यकारी अधिकृत रामेश्वर अर्यालले तीन महिनासेवा गरेका थिए । त्यस्तै भीम बहादुर परियारले ११ महिनासम्म थाहामा कार्यकारी अधिकृत भई सेवा गरेका थिए । थाहामा पुनः सरुवा भई आएका पुरी छैठौं कार्यकारी अधिकृत हुन् ।
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)