Thursday, 3rd September, 2026
वि.स.

थाहामा दोस्रो चरणको आधारभूत योग शिक्षक तालिम सम्म्पन्न

FB_IMG_1696856329574-1696856647.jpg

थाहानगरको बज्रबाराही, टिष्टुङ र चित्लाङ क्षेत्रका शिक्षकहरुका निम्ति सुनौलो विकास केन्द्र थाहा १ मा संचालित १ हप्ते दोस्रो चरणको आधारभूत योग शिक्षक तालीम सम्म्पन्न भएकाे छ । थाहा नगरपालिकाकाे आयाेजना तथा सुनौलो सामुदायिक सिकाइ केन्द्र थाहा- १ कुन्छालकाे समन्वय र ब्यवस्थापनमा तालिम सञ्चालन गरिएकाे हाे ।

थाहा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष हेरमान गाेपालीकाे अध्यक्षता तथा नगरपालिकाका उपप्रमुख भरत गाेपालीकाे प्रमुख आतिथ्यतामा २२ असाेजमा एक कार्यक्रमका बीच तालिम समापन गरिएकाे हाे ।

कार्यक्रममा विशेष अतिथि थाहाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी रहेका थिए भने शिक्षा शाखा प्रमुख माधव बिक्रम मल्ल, सुनाैला सामुदायिक सिकाइ केन्द्रका संस्थापक अध्यक्ष सानुकाजी गोपाली, योग शिक्षक राजन बिडारी लगायतकाे आतिथ्यता रहेकाे थियाे ।

कार्यक्रममा विद्यालयमा योग कार्यक्रमलाई निरन्तर विकास गर्दै एक घर एक योगी बनाउने अभियानका लागि प्रतिबद्धता व्यक्त गरिएकाे थियाे ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif