Tuesday, 8th July, 2025
वि.स.

थाहानगर स्काउट फ्रेण्डशिप क्याम्प स्थगित

FB_IMG_1748285198824-1748285333.jpg

थाहा नगरपालिका स्थानीय स्काउट समितिले १४ जेठबाट झम्केश्वरी माध्यमिक विद्यालयमा आयाेजना गर्नेगरी तयारी गरेकाे ३ दिवसीय स्काउट फ्रेन्डशिप क्याम्प स्थगित भएकाे छ ।

साेमबार साँझ बसकाे ठक्करबाट उक्त विद्यालयका दुई जना शिक्षककाे ज्यान गएकाे दुःखद परिस्थितिका कारण शाेकाकूल समयप्रति ध्यान दिँदै स्काउट समितिले क्याम्प कार्यक्रम स्थगित गर्ने निर्णय गरेकाे हाे ।

साेमबार साँझ ब्रेकफेल भएकाे भनिएकाे बसले ठक्कर दिँदा झम्केश्वरी माविका दुई शिक्षककाे मृत्युु भएकाे थियाे भने दुई शिक्षक घाइते भएका थिए । उक्त दुर्घटनामा एकजना लेखापढी व्यवसायीकाे मृत्युु भएकाे थियाे भने मालपाेत कार्यालयका कर्मचारी घाइते भएका थिए ।

दुर्घटनापछि साेेमबार राती अबेर बसेकाे स्थानीय स्काउट समितिकाे भर्चुअल बैठकले फ्रेन्डसीप क्याम्प तत्काललाई स्थगित गर्ने निर्णय गरेकाे प्रवक्ता कुमार नेगीले जानकारी दिए ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०