nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरलाई केशवलाल श्रेष्ठ स्मृति भलिबल प्रतियोगिताको उपाधि
नगर प्रमुख विष्टद्वारा बधाई 

Thaha-Vol-1539513346.jpg

केशवलाल श्रेष्ठ स्मृति भलिबल प्रतियोगिताको उपाधि थाहानगर खेलकुद विकास समितिले जितेको छ । २७ असोजमा आयोजक हटिया स्पोटर््स एकेडेमी र थाहा नगर खेलकुद विकास समितिको बीचमा भएको खेलमा पहिलो सेट हटिया स्र्पोट्स एकेडेमीले जितेपनि बाँकी सेटहरुमा थाहानगर हावी हुन सफल भयो । 

थाहानगरले २२–२५, २३–२५ र २४–२६ को सेटमा हटियालाई पराजित गरेको हो । प्रतियोगिताको बेस्ट प्लेयर थाहाका बलराम सुवेदी बने । उनले नगद ५ हजार सहित ट्रफी प्राप्त गरे । त्यसैगरी बेस्ट स्पाईकर हटियाका सुमन नेपाल, बेस्ट व्लकर हटियाका तारा स्याङ्बो, बेस्ट सेटर थाहाका सुशिल तामाङ घोषित भए भने वेस्ट कोचर थाहाका शंकर कार्की घोषित भए । उनीहरु सबैलाई ट्रफी प्रदान गरिएको थियो । 

प्रतियोगितामा वेस्ट कोचर घोषणा भएका शंकर कार्की ।

हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा विजेताले नगदः ७५ हजार र उपविजेताले नगद ४० हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

यसैबीच विजेता भएसंगै थाहा नगरपालिकाका नगरप्रमुख लवशेर विष्टले खेलाडीहरुलाई बधाई दिएका छन् । उनले जिल्लामा थाहानगरको नाम खेलकुदको क्षेत्रबाट चिनाउन सफल खेलाडीहरुको थप प्रगतिको कामना गरेका छन् । त्यस्तै थाहानगर खेल कुद विकास उपसमितिका संयोजक राजेश केसीले पनि खेलाडीहरुको प्रगतिको कामना गरेका छन् ।  खेलाडीहरुलाई थाहा नगरपालिकाले विजयादशीको अवसरमा फुलपातीको दिन पालुङमा प्रशसंसापत्र सहित बधाई दिने कार्यक्रम रहेको छ । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)