nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 2nd May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरमा सवारी चार्ज स्टेसन, पर्यटक बढ्ने विश्वास

IMG_20230901_184655-1693573511.jpg

पर्यटकीय थाहानगरमा पहिलाेपटक विद्युुतीय सवारी चार्ज स्टेसन राखिएकाे छ । थाहा नगरपालिका-४ स्थित सहारा रिसाेर्टमा चार्ज स्टेसन राखिएकाे सहारा रिसाेर्टका सञ्चालक राजाराम कार्कीले जानकारी दिए ।

१५ भदाैबाट शुरु गरिएकाे स्टेेसनमा सबै प्रकारका विद्युुतीय सवारी चार्ज गर्न सकिने कार्कीले जानकारी दिए ।

पर्यटकीय क्षेत्रमा विद्युुतीय चार्जिङ स्टेसन नहुँदा पर्यटन व्यवसायमा प्रभाव पर्दै आएकाे थियाे । काठमाडाैँबाट ७५ किलोमिटर टाढा पर्ने दामन क्षेत्रमा विद्युुतीय चार्जकाे सुविधा नहुँदा विद्युुतीय सवारी भएका पर्यटकहरु आउन समस्या हुँदै आएकाे थियाे ।