nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरमा शुरु भएको जिल्लास्तरीय भलिबल रनिङ शिल्ड प्रतियोगितामा पाँच खेल सकिए

विनयबाबु बस्नेत स्मृति प्रतिष्ठानको आयोजनामा ७ कार्तिकबाट जिल्लास्तरीय भलिबल रनिङ शिल्ड प्रतियोगिता शुुरु भएको छ । थाहानगरको फाँटबजारमा शुरु भएको प्रतियोगिताको पहिलो दिन पाँच खेल सकिएका छन् ।

थाहानगर खेलकुद विकास समितिका संयोजक राजेश केसीको प्रमुख आतिथ्यमा भएको प्रतियोगिताको उद्घाटन खेलमा पुपु म्हेन्दो युवा क्लब विजयी भएको छ । पुपु म्हेन्दोले हिमाली डाँफे युवाक्लब बिसिङखेललाई पराजित गरेको थियो । त्यस्तै ७ कार्तिकमै भएको प्रतियोगितामा मंगलेश्वर युवा क्लबलाई पराजित गर्दै एभरेष्ट युवा विकास क्लब विजयी भएको छ भने आग्रा स्पोर्टस युवा क्लबलाई पराजित गर्दै विनयबाबु बस्नेत प्रतिष्ठान ‘ए’ विजयी भएको छ । 

त्यस्तै विनयबाबु बस्नेत प्रतिष्ठान ‘बी’ लाई पराजित गर्दै सेभेनस्टार युथ क्लब विजयी भएको छ  भने ७ कार्तिकमै भएको अन्तिम खेलमा न्युस्टार युवाक्लबलाई पराजित गर्दै थाहा वडा नम्बर १ प्रतिनीधि टिम विजयी भएको छ ।

९ कार्तिकसम्म संचालन हुने जिल्लास्तरीय भलिबल रनिङ शिल्ड प्रतियोगितामा मकवानपुरका १४ टिमको सहभागिता रहेको छ । प्रतियोगिता लिगकम नकआउट चरमा खेलाइएको आयोजकले जानकारी दिएको छ । 

सशस्त्र प्रहरीमा सेवारत् विनयबाबुको दुर्घटनामा परी मृत्यू भएपछि उनको नाममा २०७४ सालबाट यो प्रतियोगिता शुरु गरिएको विनयबाबु बस्नेत स्मृति प्रतिष्ठानका अध्यक्ष तथा थाहा नगर खेलकुद विकास समितिका भलिबल प्रशिक्षक शंकर कार्कीले जानकारी दिए । रनिङ शिल्ड प्रतियोगितामा प्रथम हुनेले नगद ५१ हजार सहित शिल्ड, मेडल तथा प्रमाणपत्र पाउने छन् । त्यस्तै दोस्रो हुने टिमले नगद २६ हजार रुपियाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र पाउने प्रतिष्ठानले जनाएको ।