nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरमा राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता शुरुः कुन विद्यालयले कुन खेल जिते ? 

११ औं गणतन्त्र दिवसको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड तथा प्रथम मेयरकप भलिबल प्रतियोगिता शुरु भएको छ । १४ जेठमा थाहा नगरपालिकाका नगर प्रमुख लवशेर विष्टले प्रतियोगिताको उद्घाटन गरेका हुन् । 

थाहा नगरपालिकाका नगरप्रमुख लबशेर विष्टको प्रमुख आतिथ्यता  तथा थाहा नगरपालिका सामाजिक विकास समितिका संयोजक किरणमान बलको सभाध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको सलामी सहित मार्चपास पश्चात् औपचारिक रुपमा प्रमुख अतिथी विष्टले सटपुट थ्रो गरेर प्रतियोगिताको उद्घाटन गरिएको गरिएको थियो ।

१४ जेठमा मेयर कप भलिबलको समूह चरण अन्तर्गत छात्रा तर्फ ६ खेल र छात्र तर्फ ५ खेल भएको छ । छात्रातर्फको भलिबलमा सुन्दरीदेवी मावि आग्रा, पालुङ भ्याली हार्ट एकेडेमी, मत्स्यनारायण मावि, बज्रवाराही उच्चमावि, हिमालयन बोर्डिङ स्कूल, शर स्वच्छन्द भैरव उच्च मावि विजयी भएको छ । त्यस्तै छात्रतर्फ भने सुन्दरीदेवी मावि आग्रा, हिमालयन बोर्डिङ स्कूल, जनकल्याण मावि, स्वच्छन्द भैरव मावि र नाटेश्वर मावि टौखेल विजयी भएको छ । 

राष्ट्रपति रनिङ शिल्ड अन्तर्गत मार्चपास, छात्ररछात्रा लङजम्प, छात्रर छात्रा सटपुट, छात्रर छात्रा त्रिपलजम्प, १५ सय मिटर छात्र दौड, १००×४ छात्र दौड र १०० मिटर दौडको हिटखेल सकिएको छ । प्रतियोगिता अन्तर्गत छात्रातर्फ सर्टफुट प्रतियोगितामा बागेश्वरी माविकी मनिषा थोकर र छात्रतर्फ सुन्दरीदेवी माविका रमेश थिङ प्रथम भएका छन् । त्यस्तै लङजम्पमा छात्रातर्फ जनकल्याण माविकी बिपता रुम्बा र छात्रतर्फ जनकल्याणकै उपास विष्ट प्रथम भएकाछन्  भने त्रिपलजम्प प्रतियोगितामा छात्रातर्फ बागेश्वरी माविकी बिनिता मोक्तान र छात्रतर्फ जनकल्याण माविका उपास विष्ट प्रथम भएकाछन् । 

दौड तर्फ २ सय ५ सय र ८०० दौड, १००×४ छात्रा दौड, ४००×४ छात्र र छात्रा दौड, छात्र र छात्रा हाइजम्पको खेल १५ जेठमा नै क्वाटर फाइनलको खेल सकाउने थाहा नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख अनिल लमिछानेले बताए  । थाहा नगरपालिकाको स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत सञ्चालित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम मेयरकप भलिबल प्रतियोगितामा नगरस्तरिय १७ वटा विद्यालयको सहभागी रहेको छ । खेल जनकल्याण माद्यामिक विद्यालयको प्राङ्गणमा र इन्द्रायणी चौरमा एकसाथ सञ्चालन गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी विष्टले खेलकुदले पढाइसंगै विद्यार्थीको स्वास्थ राम्रो हुने बताए । प्रतियोगिताको लागि ४ लाख रुपैयाँको लागत अनुमान गरिएको छ ।  बालबालिकाको शिक्षाको साथसाथै अतिरिक्त क्रियाकलापमा समेत निपुण बनाइ स्थानिय तथा राष्ट्रिय खेलाडी उत्पादन गर्ने उदेश्यले प्रतियोगिताको आयोजना गरिएको प्रतियोगिता सञ्चालन समितिका संयोजक रेग्मीले बताए । 

मार्चपास तथा मेयरकप भलिबल प्रतियोगिताको अंक राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा जोडिने छ । १६ गते सम्म सञ्चालन हुने प्रतियोगितामा मेयरकप भलिबलमा प्रथम विद्यालयलाई १५ हजार, कप, मेडल र प्रमाणपत्र, द्वितीयलाई १० हजार कप, मेडल र प्रमाणपत्र र तृतीयलाई ५ हजार, कप, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । यस्तै राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा प्रथमलाई २०

 हजार, शिल्ड, मेडल, प्रमाणपत्र, द्वितीयलाई १५ हजार, शिल्ड, मेडल, प्रमाणपत्र र तृतीयलाई १० हजार, शिल्ड, मेडल, प्रमाणपत्र प्रदान गरिने छ । उद्घाटन कार्यक्रममा थाहा नगरपलिकाका उपप्रमुख खड्ग गोपालीको विशिष्ट आतिथ्यता, वडा अध्यक्षहरु, प्रतियोगिता सञ्चालन समितिका संयोजक शोभाकर रेग्मी, विभिन्न विद्यालयका प्रधानाध्यापक, पत्रकारहरुको आतिथ्यता रहेको थियो ।
 



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।