nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरमा यसरी मनाइयो विश्व वातावरण दिवस

बिश्व वातावरण दिवसको अवसरमा उत्तरी मकवानपुरको थाहा नगरपालिकामा बृहत सरसफाई तथा बृक्षारोपण कार्यक्रम सञ्चालन भएको छ । बजार ब्यवस्थापन समिति शिखरकोट र शिखर क्लब शिखरकोटको आयोजना र नेपाल रेडक्रस सोसाइटी उपशाखा दामनको सह आयोजनामा थाहा नगरपालिकाको शिखरकोट बजार क्षेत्रमा भएका फोहोर संकलन र बजार क्षेत्रमा बृक्षारोपण कार्यक्रम भएको हो ।

पर्यटकिय गन्तब्यको रुपमा रहेको मकवानपुरकै उत्तरी क्षेत्रलाई सफा र हराभरा बनाउने लक्ष्यका साथ कार्यक्रम सञ्चालन भएको जनाइएको छ । सरसफाई तथा बृक्षारोपण कार्यक्रम थाहा नगरपालिका नगर कार्यपालिकाको सहयोगमा सञ्चालन भएको थियो । थाहा नगरपालिकाका नगरप्रमुख लबशेर बिष्टको प्रमुख आतिथ्यतामा वडा नं ३ र ४ का जनप्रतिनिधि, संघसंस्थाका प्रतिनिधि तथा प्रमुखहरु, स्थानिय बासिन्दा, सुरक्षाकर्मीहरु, बिद्यार्थीहरु तथा सरोकारवालाहरुको संलग्नतामा थाहा नगरपालिकाको शिखरकोट बजारमा सरसफाई गरेका हुन । के शिखरकोट बजार सफा गदैमा थाहा नगर सफा हुन्छ ? शिखरकोटबाटै बगेर फोहोर थुप्रिएका गोपाली गाउँ लगायतका तल्लो भेगका बस्तीको सरसफाईको बिषयलाई यो कार्यक्रमले किन समेटिएन ? जवाफमा थाहा नगरपालिका वडा नं ३ का वडाध्यक्ष राजेश के.सी. भन्छन्–“यो शिखरकोट बजार सफा गर्दैमा थाहा नगर सफा हुने होइन, तर पनि सुरुवाटको रुपमा यो स्थानलाई लिइएको हो । यो अभियानले पनरन्तरता पाउनसकेमा थाहा नगरका सबै स्थानहरु

 विश्व वातावरण दिवसको अवसरमा थाहानगरको शिखरकोटमा भएको सरसफाई कार्यक्रममा सहभागी नगर प्रमुख लवशेर विष्ट । फोटो: मञ्जरी बलामी/विकास

सफा हुन सक्छ, यसमा सबै नागरिकले साथ दिनुपर्छ ।” गोपाली गाउँको बिषयमा भने त्यहाँ पनि बजार ब्यवस्थापन समिति गठन गर्दै सरसफाईको बिषयलाई अगाडी बढाउदै छौँ । शिखरकोटमा गरिएको बृक्षारोपणले पनि थाहा नगर कार्यपालिका जानेबाटोमा रोपिएको बिरुवाको झै अवस्था भोग्ने हो की ? जवाफमा नगरप्रमुख लबशेर बिष्ट भन्छन्–“ मैले त यो बिषयमा यस्तै भन्न सक्दिन, तर आज नै कार्यक्रम स्थलमा नै नागरिकलाई बिरुवा हुर्कनुपर्छ, बिरुवा मर्नदिनु हुँदैन, हरेक दिन बिहान उठ्ने बितिक्कै त्यो बिरुवा प्रति आँखा लगाउनुस है यो सबैको सम्पति हो भनेको छु । त्यसकारण पनि नगर कार्यपालिका जानेबाटोमा रोपिएको बिरुवाको झै अवस्था नहोला भन्ने बुझ्छु म र बिश्वास लिएको छु । ” किन थाहा नगरपालिकाको शिखरकोटमा मात्र सरसफाई कार्यक्रम हुन्छ ? यो अभियानले पर्यटन बिकासमा कस्तो प्रभाव पार्छ ? जवाफमा नगरप्रमुख लबशेर बिष्ट भन्छन्–“जहाँ मानिसहरुको बस्ती बिकास भएको छ त्यो ठाउँमा बजारब्यवस्थापन समिति, फोहोर ब्यवस्थापन समिति बन्नु पर्यो र त्यहाँ नगरपालिकाले डस्टबिन दिने अनि आउटडोर डस्टबिन बाड्ने अनि अभियान सञ्चालन पनि गछौँ ।

नगरपालिकाको जनप्रतिनिधि मात्रै गएर सरसफाई गरेर त फोहोर हट्दैन । सम्बन्धित ठाउँको मान्छेले चासो राख्नु पर्छ । त्यो चासो बज्रबाराही र थानाबजारले राख्यो त्यहाँ अभियान भयो र अहिले शिखरकोटले राख्यो यहाँ पनि कार्यक्रम र अभियान भयो र भोली अन्य अन्य ठाउँमा पनि चासो राख्यो भने हामीत्यसलाई अभियान बनाउँदै जान्छौँ । बृक्षारोपणले नगरलाई र बजार क्षेत्रलाई अत्यन्तै सौन्दर्यता प्रदान गर्छ, वातावरण राम्रो हुन्छ, यसले पर्यावरणलाई पनि सुधार गर्छ । त्यसकारण यो बिरुवाहरुलाई हुर्काउने हो भने बजारपनि सफा हुन्छ, पर्यटक पनि बढ्छ, सौन्दर्य पनि बढ्छ ।” हाल थाहा नगरपालिकामा बज्रबाराही बजारब्यवस्थापन समिति, थानाबजार र ओखरबजार ब्यवस्थापन समिति, शिखरकोट बजार ब्यवस्थापन समिति र सिमभञ्ज्याङ बजार ब्यवस्थापन समितिले बजारको सरसफाई लगायत ब्यवस्थापनको कार्यमा अभियानको रुपमा कार्य थालनी गरेको छ ।

थाहा नगरपालिकाको पर्यटन सम्भावना र अवसरहरुको लागि शिखरकोट बजारको सरसफाईले मात्र पर्याप्त छैन । यो बिषयलाई आम नागरिकहरुले सबैभन्दा चासोको रुपमा हेर्नुपर्ने र ब्यवहारमा परिवर्तन ल्याउनु आजको मुख्य आवस्यकता रहेको छ ।



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।