nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 3rd May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरमा प्रभावकारी बन्दै शनिबारे बन्द

उत्तरी मकवानपुरको थाहानगरमा शनिबार ब्यवसाय बन्द कार्यक्रम  प्रभावमारी बन्दै गएको छ । थाहानगर उद्योग वाणिज्य संघले अत्यावश्यक सेवा बाहेकका पसल साताको एक दिन शनिबार बन्द गर्ने निर्णय गरे पश्चात फाल्गुणको पहिलो शनिबार देखि लागु भएको कार्यक्रम ९९ प्रतिशत प्रभावकारी बनेको सघंका महासचिब सुरेन्द्रमान प्रधानले बताए । ब्यवसायीहरुले यो कार्यलाइ बजार बन्द भन्दा पनि साताको एकदिन बिदा हो भन्ने रुपमा लिनु पर्छ, प्रधानले भने ।

फाल्गुणको पहिलो शनिवारबाट बिहान १० बजे देखि अपरान्ह ४ बजे सम्म थाहानगर क्षेत्रका सेवाब्यवसाय बाहेकका सवै पसल/ब्यवसाय बन्द हुने सुचना जारी गर्दै लागु गरिएको कार्यक्रम निक्कै नै प्रभावकारी देखिएको जनाइएको छ । निर्णय कार्यान्यन भए देखि थाहानगरमा शनिवार भने होटल, औषधी पसल, मोटर ग्यारेज, वर्कशप जस्ता सेवाव्यावसाय मात्र खुल्न पाउने भएको हो । 
थाहानगर उद्योग वाणिज्य संघको पहिलो वार्षिक साधरणसभामा उपस्थित ब्यवसायी तथा उद्योगीहरुको छलफलबाट शनिबार पसल बन्द गर्ने निर्णय गरे पनि बजार तथा मुख्य सडक बाहेक भित्री स्थानहरुमा रहेका केही ब्यवसायीहरुले भने पसल बन्द गर्न अटेर गर्दै आएको जनाइएको छ । अहिले ब्यवसायीहरुले अटेर गरेपनि ग्राहकहरुलाइ भने बानी पर्दै गएको छ, फाल्गुण महिना भित्रमा नै १०० प्रतिशत प्रभाबकारी बनाउने प्रयासमा हामी लागेका छौँ, महासचिब प्रधानले भने ।

निर्णय कार्यान्यनका लागि संघले नियमित अनुगमन गर्ने, नमान्ने व्यावसायीलाई सम्झाउने, चेतावनी दिने  र सघंले दिने सेवा सुबिधाबाट नै बञ्चित गराउने सहितका कार्वाही गर्ने निर्णय समेत भएको थियो । केही ब्यवसायीले पसल बन्द गर्न अटेर गरे पनि केही ब्यवसायीहरुले भने शनिबार १० बजेबाट मात्र नभई बिहानै देखि पसल बन्द गर्नुपर्ने भन्दै अनुगमणको क्रममा गुनासो राखेको प्रधानले बताए । कर्मचारीले श्रम ऐन अन्तर्गतको सुबिधा पाउन, हप्ताको एक दिन ब्यवसायीहरुलाइ आराम हुने लगायतका सकारात्मक सोचका साथ लागु गरिएको यो निर्णय फाल्गुणको दोस्रो हप्ता शनिबार सकिदा सम्ममा निक्कै प्रभावकारी रहेको जनाइएको छ ।

थाहानगर उद्योग वाणिज्य संघका अध्यक्ष कविराज खत्रीले भने, एक दिन ब्यवसाय बन्द गरेर मजदुरहरुलाई आराम दिनुपर्ने माग उचित लागेपछि सो निर्णय लागु गरेएको हो । अहिले सम्मको बजार अनुगमणमा जरिवाना नलिइ सम्झाउने काम भएको उनले बताए । अबको हरेक शनिबार थाहा नगर भित्रका सेवा ब्यवसाय बाहेकका पसलहरु बन्द भए पनि मुख्यमुख्य चाडपर्वको बेलामा भने सबै किसिमका ब्यवसाय खोल्नका लागि संघले सुचना नै जारी गर्ने जनाइएको छ ।



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।