Tuesday, 20th October, 2026
वि.स.
pustakalay-1792211853.jpg

थाहानगरमा नगाभिए चरणवद्ध आन्दोलन गर्ने चेतावनी

nepal-27618-M-1478759394.jpg

नामटारका उत्तरी क्षेत्रमा रहेका १,३,४ नम्बर वडावासीले पुर्नसंरचना आयोग प्राविधिक समितीले निर्णय गरको केन्द्र पाएक नभएको भन्दै आन्दोलन घोषणा गरेका छन् । आज विहिबारसम्म माग सुनुवाई नभए भोली शुक्रबारबाट चरण्वद्ध आन्दोलन गर्ने नामटार वडा नम्बर १३र ४ नंम्बर जनाएका छन् । 
हिजो जिल्ला विकास समितिको कार्यालय मकवानपुरमा एक पत्रकार सम्मेलन गरी पहिलो चरणको आन्दोलन त्रिभुवन राजपथको नामटार सडक सिमाना बाघमारादेखि सिमभञ्ज्याङ सम्म घोषणा गरेको हो । उक्त स्थानका वासिन्दालाई अहिले सेवा लिइरहेको स्थान भन्दा दोब्बर टाढा रहेको भन्दै पटक पटक राजनैतीक दल तथा प्राविधिक समितिलाई जानकारी गराएता पनि सुनुवाई नभएको भन्दै आन्दोलनको घोषणा गर्न बाध्य भएको संयुक्त आन्दोलन परिचालन समितिका संयोजक कृष्ण बहादुर बम्जनले बताए ।

आन्दोलनमा उक्त क्षेत्रमा सबै राजनीतिक दलका प्रतिनिधीले साथ दिए पनि जिल्ला स्तरीय नेताले साथ नदिएको समितिको गुनासो रहेको छ । पहिलो चरणको आन्दोलन अनिश्चितकालिन भएता पनि माग पुरा नभए जिल्ला स्तरमा नै आन्दोलनमा जाने समितिको निर्णय रहेको समितिले जानकार दिएको छ । समितिका अनुसार उक्त क्षेत्रका वासिन्दा थाहा नगरपालिका वा भिमफेदी गाउँपालका मध्ये एकमा बस्न समेत राजी भएको तर प्रस्तावित कालिकाटार केन्द्र कदापी स्वीकार्य नहुने नयाँ शक्ति नेपालका उदय हटुवालले बताए । उत्तरी क्षेत्रका मागको लागी राजनीतिक दल गम्भिर नभए सवै पार्टिका प्रतिनिधले राजनीति समेत दिन सक्ने समितिले जानकारी दिएको छ । उनीहरुले चक्काजाम गर्ने सम्मको चेतावनी दिएकाछन् ।



Rabindra-1792211870.jpg
Rajan-Dhakal-1792211893.jpg
Rupesh-Kumar-1792211916.jpg