Sunday, 21st June, 2026
वि.स.

थाहानगरमा आइतबार ३१ सङ्क्रमित थपिए
थाहा नगरपालिकाको प्रतिवेदन : हालसम्म ५३६ सङ्क्रमित, ५५ निको, ६ को मृत्यु

thaha-update-corona-thaha-1622429825.jpg

थाहा नगरपालिकामा आइतबार थप ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ४१ जनाको एन्टिजेन परीक्षण गरिएकोमा २२ जनामा र ३८ जनाको पिसिआर परीक्षण गरिएकोमा ९ जनामा संक्रमण पुष्टि भएको नगर स्वास्थ्य शाखाले जनाएको छ ।

कोरोनाको दोस्रो भेरियन्टपछि आइतबारसम्म मात्र ५ सय ३६ जनामा संक्रमण पुष्टि भएको छ । नगरपालिकाका अनुसार आइतबारसम्म ५५ जना निको भई सामान्य अवस्थामा फर्किसकेका छन् । ६ जनाको मृत्यु भएको छ भने १७ जनाको नगर बाहिरका विभिन्न अस्पतालहरुमा उपचार भैरहेको छ । ८ जना बज्रबाराही आइसोलेसनमा छन् । अन्य ४ सय ५० जना होम आइसोलेसनमा छन् । 

वडा नम्बर १ मा कुल ८१ जना सङ्क्रमितमध्ये १३ जना निको भैसकेका छन् । २ मा ४६ जना सङ्क्रमितमध्ये २ जना, ३ मा ९९ जना सङ्क्रमितमध्ये १८ जना निको भएका छन् भने २ जनाको मृत्यु भएको छ । यसैगरि, थाहा ४ मा कूल ४५ जना सङ्क्रमितमध्ये ४ जना निको भएका छन् भने २ जनाको मृत्यु भएको छ । ५ नम्बरमा १२ जना सङ्क्रमित भएकोमा १ जनाको मृत्यु, ६ मा ८९ जनामा पोजेटिभ देखिएकोमा १३ जना निको भएका छनभने १ जनाको मृत्यु भएको छ । 

त्यसैगरी वडा नम्बर ७ मा ४६ र ८ मा ५९ जना सङ्क्रमित छन् । ९ नम्बरमा १३ जना सङ्क्रमित भएकोमा १ जना निको भएका छन् । १० नम्बरमा ८ सङ्क्रमितमध्ये २ निको, ११ मा २६ सङ्क्रमितमध्ये २ निको र १२ मा ९ जनामा सङ्क्रण पुष्टि भएको छ ।
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०