nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरको दम्कीमा आइचर दुर्घटना 

मकवानपुर थाहा नगरपालिकाको आग्रा डाँडाबासबाट पालुङतर्फ आउँदै गरेको आइचर ट्रक थाहा नगरपालिका वडा नम्बर ३ दमारमा दुर्घटना भएको छ । २० पौष साँझ साँढे ५ बजे बा ३ ख १४३८ नम्बरको ट्रक दुर्घटना भएको हो ।

दुर्घटनामा परी मकवानपुर कैलाश गाउँपालिका वडा नम्बर ५ का ठाकुर सिंह गुरुङ गम्भीर घाइते भएका छन् भने अरु २ जना सामान्य घाइते भएका छन् । सामान्य घाइतेहरुको पालुङ स्वास्थ्य केन्द्रमा उपचार भएको छ । 

घटनामा परी गम्भीर घाइते भएका गुरुङको उपचारको लागि काठमाण्डौं पठाइएको इलाका प्रहरी कार्यालय पालुङका प्रमुख विरेन्द्र कुमार पासवानले जानकारी दिए । आइचरको सवारी चालक  र सहचालक फरार रहेको पालुङ प्रहरीले जानकारी दिएको छ ।
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)