Wednesday, 26th August, 2026
वि.स.

थाहानगरको चित्लाङमा ग्लोबल आएमई बैंकको शाखा रहित कार्यालय उद्घाटन

1478-1528343376.jpg

मकवानपुर थाहा नगरपालिकाको चित्लाङमा ग्लोबल आएमई बैंकको शाखा रहित बैङ्किङ कार्यालयको उद्घाटन गरिएको छ ।

बैंकको थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले उद्घाटन गरेका हुन् । प्रशासकीय अधिकृत पुरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा थाहा–९ का वडा अध्यक्ष परशुराम श्रेष्ठ, ग्लोबल आएमई बैंक थानकोट शाखाका व्यवस्थापक मन्दिप बराल, ग्लोबल आएमई बैंक शाखा रहित बैङ्किङ कार्यालय चित्लाङका निर्देशक किरण महर्जन, मोबाइल बैंङ्किङ सेवाका प्रतिनीधिहरु लगायतकाको उपस्थिती रहेको थियो ।

ग्लोबल आएमई बैंक शाखा रहित कार्यालय चित्लाङबाट व्यक्तिगत बचत, नारी बचत, मुद्दती बचत र रकम ट्रान्सफर सेवा संचालन हुने निर्देशक महर्जनले जानकारी दिए । ग्लोबल आएमई बैंकको चित्लाङको ८८ औं शाखा रहित कार्यालय हो ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif