Wednesday, 26th August, 2026
वि.स.

थाहानगरको घुम्ती शिविरबाट १ हजार बढिलाई नागरिकता 

मकवानपुरको थाहा नगरपालिका विकास घरमा भएको नागरिकता वितरण घुम्ती शिविरबाट १ हजार २५० जनाले नागरिकता पाएकाछन् । मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बिनोद कुमार खड्काको नेतृत्वमा २१, २२ र २३ वैशाखमा बसेको टोलीले थाहा नगरपालिका तथा कैलाश गाउँपालिकाका उमेर पुगेका नेपाली नागरिकहरुलाई नागरिकता वितरण गरेको हो ।

नागरिकता टोलीमा जिल्ला प्रशासन कार्यालय मकवानपुरका ९ जना रहेका थिए । नागरिकता वितरण कार्यमा नगर प्रमुख लवशेर विष्ट, वडा अध्यक्षहरु तथा कार्यपालिका सदस्यहरुले सहजीकरण गरेका थिए । नागरिकता वितरण टोलीलाई थाहा नगरपालिकाका कर्मचारीहरु पनि परिचालन भएका थिए । नागरिकता वितरण कार्यमा जनकल्याण मावि तथा लियो क्लब अफ थाहानगरले स्वयंसेवक परिचालन गरी सहयोग गरेका थिए । 

नगरपालिका क्षेत्रका बासिन्दाहरुलाई घरछेवैमा नागरिकता वितरणको व्यवस्था मिलाउन सकेकोमा नगर प्रमुख विष्टले खुशी व्यक्त गरे । 


 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif