nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 5th May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरको घुम्ती शिविरबाट १ हजार बढिलाई नागरिकता 

मकवानपुरको थाहा नगरपालिका विकास घरमा भएको नागरिकता वितरण घुम्ती शिविरबाट १ हजार २५० जनाले नागरिकता पाएकाछन् । मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बिनोद कुमार खड्काको नेतृत्वमा २१, २२ र २३ वैशाखमा बसेको टोलीले थाहा नगरपालिका तथा कैलाश गाउँपालिकाका उमेर पुगेका नेपाली नागरिकहरुलाई नागरिकता वितरण गरेको हो ।

नागरिकता टोलीमा जिल्ला प्रशासन कार्यालय मकवानपुरका ९ जना रहेका थिए । नागरिकता वितरण कार्यमा नगर प्रमुख लवशेर विष्ट, वडा अध्यक्षहरु तथा कार्यपालिका सदस्यहरुले सहजीकरण गरेका थिए । नागरिकता वितरण टोलीलाई थाहा नगरपालिकाका कर्मचारीहरु पनि परिचालन भएका थिए । नागरिकता वितरण कार्यमा जनकल्याण मावि तथा लियो क्लब अफ थाहानगरले स्वयंसेवक परिचालन गरी सहयोग गरेका थिए । 

नगरपालिका क्षेत्रका बासिन्दाहरुलाई घरछेवैमा नागरिकता वितरणको व्यवस्था मिलाउन सकेकोमा नगर प्रमुख विष्टले खुशी व्यक्त गरे । 


 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)