nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरकी सफलतालाई मिस फेस अफ हेटौंडा २०१९ उपाधि 

Miss-Face-of-Hetauda-Fina-1552888676.JPG

मिस फेस अफ हेटौंडा २०१९ का ६ प्रतिष्पर्धीलाई पछी पार्दै सफलता नेपाली बिजेता घोषित भएकी छिन् । हेटौंडामा सम्पन्न प्रतियोगिताको फाईनलमा निर्णायकको मन जित्दै १६ बर्षिया उनले उपाधी हात पारेकी हुन् ।

मिस फेस अफ हेटौंडाको उपाधीसँगै थाहा नगरपालिका वडा नं. ३ डाँडागाउँकी उनले नगद २० हजार र उपहार पाईन् । प्रतियोगितामा सुजिना तामाङ फस्ट रनरअप र बसन्ती तितुङ सेकेण्ड रनरअप हुन सफल भईन् । तामाङले आकर्षक उपहार पाईन् भने तितुङले उपहारसँगै भ्युअर्स च्वाईस उपाधी र मिस फोटोजेनिक टाईटल पनि हात पारिन् ।

६ टाईटल उपाधी प्रदान गरिएको प्रतियोगितामा पेमा तामाङले मिस बेस्ट स्कीन, दिप्सी भुसालले मिस हेयर, मोनिका ढकालले मिस बेस्ट कन्फीडेन्ट, सरुना ढुङ्गानाले मिस बेस्ट डिसिप्लीन टाईटल जित्न सफल भए ।

युवतीहरुको व्यक्तित्व विकास, मनोबल विकास र नारी सशक्तिकरण गर्ने उदेश्यले प्रतियोगिता गरिएको कार्यक्रम संयोजक रुएल सुनारले बताए । लिप्पो फेन्सीले आयोजना गरेको प्रतियोगिताको फाईनल प्रदेश नम्बर ३ की सांसद जुनेली श्रेष्ठको प्रमुख अतिथ्यमा भएको थियो । मोडल तथा नायिका प्रमिता राज्यलक्ष्मी शाह प्रमुख निर्णायक रहेको प्रतियोगितामा कोरियोग्राफर सोफिया फागो, मोडलहरु सद्दाम हुसेन, संकेत बस्याल र अनमोल जंग क्षेत्री निर्णायक रहेका थिए ।
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)