nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 2nd March, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहाको पर्यटकीय क्षेत्र समेटिएको वृत्तचित्र तयार, फिल्म फेस्टिभलको पहिलो दिन देखाइने

ff-1695105866-1700648827.jpg

थाहा कला केन्द्रले आगामी ९ मंसिरदेखि १४ मंसिरसम्म सञ्चालन हुने थाहा फिल्म फेस्टिभलमा प्रदर्शनी गर्न थाहा वृत्तचित्र निर्माण गरेको छ । थाहा नगरपालिकाको पर्यटकीय क्षेत्रहरुलाई समेटेर वृत्तचित्र निर्माण गरिएको हो । 

करिब ३६ मिनेट लामो वृत्तचित्रमा चित्लाङ, बज्रवाराही, टिस्टुङ, आग्रा, दामन र पालुङका ऐतिहासिक, धार्मिक, , साँस्कृतिक तथा प्राकृतिक विषयहरुलाई समेटिएको कला केन्द्रका सञ्चालक सानोबाबु मोक्तानले जानकारी दिए । 

मोक्तानकै निर्देशनमा बनेको वृत्तचित्रको लेखक कुमार नेगी रहेका छन् । स्क्रिप्ट लेखक नेगीका अनुसार थाहानगर कहाँबाट आउने, कहाँ आउने, कसरी आउने, कुन बाटो आउने, कहाँ बस्ने, केके खान पाइने, कहाँ घुम्न सकिने, किन घुम्ने लगायत समग्र जानकारी एउटै वृत्तचित्रबाट पाउन सकिनेगरी स्कृप्ट तयार गरिएको छ ।   ‘सकेसम्म नगरका सबै वडा र भेगका पर्यटकीय स्थलहरुको धेरथोर वर्णन गरिएको छ, थाहानगरकै बासिन्दाको लागि पनि आफ्नो नगर चिन्न मद्दत पुग्छ,’ नेगीले भने । 

वृत्तचित्रमा शुरुमा थाहानगरको समग्र पर्यटकीय महत्व दर्शाइएको छ भने क्रमशः थानकोटबाट चन्द्रागिरीबाट चित्लाङ हुँदै थाहानगर प्रवेश गर्न सकिने गरी वर्णन गरिएको छ । त्यसपछि क्रमशः टिस्टुङ, आग्रा, दामन, पालुङ र बज्रवाराही क्षेत्र पु¥याइएको छ । बाइरोडको बाटो हुँदै थाहानगर आउन सकिने गरी पनि वर्णन गरिएको छ । ‘वृत्तचित्र हेर्दैगर्दा एक जना दर्शक क्रमशः थाहानगर घुमघाम गरिरहेको भान हुनेगरी स्कृप्ट तयार पारिएको छ, बाँकी त वृत्तचित्र नै हेर्नुपर्छ’ नेगीले भने । 

वृत्तचित्रका लागि ड्रोनबाटसमेत दृश्याङ्कन गरिएको थियो । प्रमोद जोशी र राजीवकुमार स्याङ्तानको परिकल्पना, निश्चल शाक्यको व्यवस्थापन, गङ्गा राई र भीम तामाङको छायाँकन तथा सुनिता राईको श्वरमा वृत्तचित्र निर्माण तयार भएको कला केन्द्रका सञ्चालक मोक्तानले जानकारी दिए ।

वृत्तचित्रको पहिलो प्रदर्शनी ९ मंसिरमा थाहा फिल्म फेस्टिभलको उद्घाटन लगत्तै हुने आयोजकले जानकारी दिएको छ । प्रदर्शनी पालुङ जेसीजको हलमा हुनेछ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)







Makai-bali-prabardhan-1706086965.jpg
bali-bima-ko-suchana-1701933793.jpg
1000043372-1706361050.jpg