nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 5th May, 2024
वि.स.
1000043965-1707579226.jpg

त्रिवेणीमा के हुँदैछ यस्तो, सर्वत्र चिन्ता

-कुमार नेगी

थाहा नगरकार्यपालिकाको कार्यालयले २३ माघ २०७४ मा आन्तरिक आय संकलन ठेक्का बन्दोबस्तसम्बन्धी एक लिलाम बढाबढको सूचना जारी ग¥यो । थाहा नगरपालिका अन्तर्गत रहेको शंखमुल त्रिवेणी धाममा ढुङ्गा,गिट्टी,वालुवा जे जस्तो अवस्थामा छ सोही अवस्थामा उठाई लैजानको लागि लिलाम बढाबढ गर्ने सम्बन्धी सूचना थियो । 
सोही अनुसार गिट्टी,वालुवा,ढङ्गा उठाउने क्षेत्र घट्टेचौर पुलदेखि तलतिर ईन्द्रायणी चौर माथिको ह्युम पाईप हालेको क्षेत्र सम्मको जम्मा १४ लाख ७ हजार ५४७ घनमिटर उठाउने गरी ठेक्का भयो । 
यसरी गिट्टी,बालुवा,ढुङ्गा उठाइरहँदा अहिले व्यापक गुनासो आउन थालेको छ । निर्माण हुन लागेको त्रिवेणी धामको शिलान्यासको क्रममा शनिबार बिहान मन्त्रोच्चारण गर्ने क्रममै पण्डित राममणि ढकालले मन्त्र त पढियो, तर यो संरचना  चाहिँ बन्न मुश्किल छ भनेर सुनाए ।
ठेकेदार कम्पनीले आफूले सम्झौता बमोजिम नै काम गरेको दाबी गरेको छ । तर सम्झौता बमोजिम नै काम गर्दा पनि उक्त कार्यबाट हालको त्रिवेणी शंखमुल, घाट, इन्द्रायणी चौर र कुलेखानी जलविद्युत गृहकोे आयु नै जोखिममा पर्ने भन्दै सर्वसाधारणहरु समेत चिन्ता व्यक्त गर्न थालेका छन् । 
थाहा–२ अंगारे घर भएका र प्राविधिक अनुभवसमेत भएका दिपक कार्कीले त्रिवेणी क्षेत्रको दोहनबाट दीर्घकालीन रुपमा वातावरणीय र भौतिक हिसावले ठूलो क्षति हुन सक्ने बताए । नगरपालिकाले जानेर÷नजानेर त्रिवेणीको दोहन गरेको र यसले आउँदो वर्षा याममा ठूलो क्षति निम्त्याउने भन्दै समाजसेवी अच्युत्तमप्रसाद ढकालले चिन्ता व्यक्त गरे । उनले आइतबार तत्कालीन एमालेका विष्णुप्रसाद ढकाल, राजु नापित, तत्कालीन माओवादी केन्द्रका अरुण रायमाझी, थाहा नगरपालिकाका प्रमुख लवशेर विष्ट, उपप्रमुख खड्ग गोपाली लगायतलाई उक्त विषयमा फोन गरी गम्भिर हुन आग्रह गरेका छन् । 
ठेकेदारलाई क्षतिपुर्तिसहित विदाइ गर्न र वातावरणीय संरक्षणको लागि उपयुक्त कदम चाल्न उनले सुझाव दिएका छन् । 
उद्धृत गरिएको भनाइ अनुसार थाहानगर प्रमुख लवशेर विष्ट, उपप्रमुख खड्ग गोपाली र राजनीतिक दलका प्रतिनिधिहरु यस विषयमा गम्भिर बनेका छन् र एक÷दुई दिनमै ठोस पहल भएको समाचार बाहिर आउने छ । 
त्रिवेणी दोहनबारे जन गुनासो आउन थालेपछि मिडियाको चासो बढेको थाहा नगर मिडिया एसोसिएसनका अध्यक्ष एवम् शान्तिपुर दैनिकका सम्पादक कुमार नेगीले बताए । 
त्रिवेणी धाम पर्यटन क्षेत्र निर्माण गर्न थाहा नगरपालिकाले आर्थिक वर्ष २०७४÷०७५ मा बजेट विनियोजन गरेको छ । 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)