nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

त्रिभुवन राजपथ अवरुद्ध, यात्रु अलपत्र

त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको पालुङ–हेटौंडा सडक खण्डको महाभिरमा पहिरो खस्दा यातायात आवागमन अवरुद्ध भएको छ । 

गएरातीबाटै अवरुद्ध भएको सडक अझै खुल्न सकेको छैन । पृथ्वी राजमार्गको अवरुद्ध हुँदा बैकल्पिक मार्गको रुपमा रहेको त्रिभुवन राजपथको महाभीर खण्डमा अहिले करिब एक हजार सवारी साधन अलपत्र अवस्थामा रहेका छन् । 

अवरुद्ध राजमार्ग खुलाउन डिभिजन सडक कार्यालय हेटौंडाको डोजरले माटो पन्छाउने कार्य गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

मर्मतका लागि भन्दै २४ साउनबाट काठमाण्डौ–फाखेल–हेटौंडा सडक बन्द छ भने काठमाण्डौं–सिस्नेरी–हेटौंडा सडक पहिरोका कारण गएरातीबाटै अवरुद्ध छ ।