nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

तेस्रो थाहा महोत्सवमा दर्शकले भरियो इन्द्रायणी चौर, प्रमोद खरेल प्रस्तुती दिँदै

उत्तरी मकवानपुरस्थित थाहा नगरपालिकाको इन्द्रायणी चौरमा जारी तेस्रो थाहा महोत्सवको आठौं दिन शनिबार दर्शकहरुले इन्द्रायणी चौर भरिभराउ भएको छ । थाहा नगर उद्योग वाणिज्य संघको मुख्य आयोजनामा संचालन भइरहेको महोत्सवको यो अवधिमा शनिबार यसरी अवलोकनकर्ताहरुको खचाखच भएको हो । 
महोत्सवको पहिलो र दोस्रो श्रृङ्खलाहरुमा भन्दा बढी दर्शकहरुको भीड लागेको दर्शकहरुले बताएका छन् । ‘भुईमा खुट्टा राख्ने ठाउँ छैन, मूल गेटबाट मञ्चअगाडिसम्म पुग्नै १५ मिनेट लाग्छ’ एक अवलोकनकर्ताले भने । गेटबाट स्टल हुँदै हिँड्दा काठमाण्डौं असनको गल्लीमा हिँडेजस्तै आभास भएको थाहा नगरका शंकर कार्कीले बताए । 
लाइदेउ न मायाले......बोलको गीत गाउँदै गर्दा लोकप्रिय गायक प्रमोद खरेलले मञ्चबाटै भने, यस्तो भीडभाड कमै मात्र भेटिन्छ । 
यो समाचार तयार पार्दासम्म आफ्नो बेजोड प्रस्तुतीमार्फत् प्रमोद खरेलले दर्शकहरुलाई जुरुकजुरुक उचालिरहेका छन् । अहिलेसम्म उनले म बिना कसैकसैलाई् मुश्किल छ....लाइदेउ न मायाले.......लागी लागी...जस्ता बोलका गीत गाइसकेका छन् । खरेलले गाउने क्रम अझै जारी छ । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)